अग्लो भवनमा ठोक्किँदा विमानमा दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं, ७ चैत । दुबईबाट रुसका लागि उडेको विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको भोलिपल्ट फेरि अर्काे जहान दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।
ब्राजिलको साओपाउलो शहरमा एक जहाज उड्ने बित्तिकै दर्घटना हुँदा चालक दलका सदस्य सहित ८ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फ्लाईदुबईको विमान दुर्घटना, ६१ जनाको मृत्यु

सात सिटे यो जहाज साओपाउलोको क्याम्पो डी मारटे एयरपोर्टबाट उड्नेवित्तिकै अग्लो भवनमा ठोक्किन पुगेको बताइएको छ । सो दुर्घटनामा चर्चित माइन कम्पनी भेलका पूर्व सीईओ रोजर एग्नेली र उनको परिवारका सदस्यको मृत्यु भएको जनाइएको छ ।
यद्यपी सो विमान दुर्घटनाको कारण खुल्न सकेको छैन ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment