हामीलाई मुआब्जा होइन, भारतले हडपेको हाम्रै जग्गा फिर्ता चाहिन्छ’

वीरगन्ज, १८ चैत । नेपाल–भारत सीमा क्षेत्रमा नयाँ सीमास्तम्भ गाड्ने क्रममा आफ्नो खेत भारततर्फ परेपछि पर्सा पिडारीगुठी २ का ७० वर्षीय चोकट राउत कुर्मीको भोकनिद्रा हराएको छ ।
‘जहिलेदखि नेपालको जग्गा मिचेर पिलर गाडियो, त्यही दिनदेखि मेरो भोकनिद्रा गायब भएको छ । राति छातीमा लालपूर्जा टाँसेर पल्टन्छु, निद्रा लाग्दैन । सीमास्तम्भ खेतमा होइन, मुटुमा गाडेजस्तो भएको छ, बृद्धले आँसु झार्दै भने,‘लालपूर्जा भएको मेरो पुस्तैनी जग्गा सरकारले खोसेर भारतलाई बुझायो । त्यो जग्गा भारतको थियो भने सरकारले हामीलाई लालपुर्जा किन दियो ?’
नेपाल र भारतका नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमा क्षेत्रका जीर्ण स्तम्भको मर्मतसम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने क्रममा पिडारीगुठी गाविसका चोकटसहित १९ नेपालीको लालपुर्ना भएकै १० विघा आठ कट्ठा १५ धुर जग्गा भारततर्फ परेको छ ।
पिलर गाड्दा नेपाली भूभाग भारतर्फ परेपछि विवादित जग्गाको स्थलगत अनुगमन गरेका पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको टोलीले पीडित जग्गाधनीलाई मुआब्जा दिने आश्वासन दिएको छ । पीडित जग्गाधनीले भने मुआब्जा नभई मिचिएको जग्गा नै फिर्ता पाउनु पर्ने माग राखेको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।Nepal-india-border-pillars
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment