कालोबजारी र भ्रष्टाचार विरुद्ध १३ विद्यार्थी संगठनको आन्दोलनको घोषणा

काठमाडौं, १८ चैत । सरकारले कालोबजारी र भ्रष्टाचार रोक्न नसकेको भन्दै १३ विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।
सरकार नेतृत्वकर्ता दल र विपक्षी दल निकट १३ वटा विद्यार्थी संगठनको बिहीबार बसेको बैठकले महङ्गी, कालोबजारी, भ्रष्टाचार तथा मुलुकमा व्याप्त अभावको अन्त्यका लागि शुक्रबार चैत १९ गते उपत्यकामा र आइतबार चैत २१ गते देशैभरी सदरमुकाममा प्रदर्शन गर्ने निर्णय गरेको हो।
एमाले निकट अनेरास्ववियुको कार्यालय बागबजारमा बसेको संयुक्त विद्यार्थी संघसंगठनको बैठकले गरेका अन्य निर्णयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको वातावरण तयार गरी अविलम्ब मिति सार्वजनिक गर्नुपर्ने, चैत २२ गते ज्वलन्त शैक्षिक समस्याको विषयमा शिक्षा मन्त्रीको ध्यानाकर्षण गर्ने, भूकम्पपछिको पुनर्निमाणमा भएको ढिलासुस्ती प्रति खेद तथा दुस्ख प्रकट गर्दै सम्बन्धित निकायलाई अबिलम्ब काम अगाडि बढाउन ध्यानाकर्षण गराउने उल्लेख छ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment