वि.सं. २०७२ साल चैत १९ गते। शुक्रबार। इश्वी सन् २०१६ अप्रिल १ तारिख। नेपाल संवत् ११३६ चिल्लागा। चैत्र कृष्णपक्ष। -तपाइको आजको दिन कस्तो छ ? हेर्नुहोस आजको राशिफल

वि.सं. २०७२ साल चैत १९ गते। शुक्रबार। इश्वी सन् २०१६ अप्रिल १ तारिख। नेपाल संवत् ११३६ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– नवमी, २७:४२ बजेउप्रान्त दशमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ। रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन्। शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन्। हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ। अतिथिको रूपमा सम्मान पाइएला। शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन्। भौतिक साधन प्राप्त हुनेछन्। व्यवसायले यात्राको अवसर जुटाउन सक्छ। साँझदेखि भने व्यवसायमा समस्या देखापर्न सक्छ। चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुर्याउने देखिन्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ। आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ। तर, बलजफ्ती गर्दा हानि हुन सक्छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। पुरानो सम्झौताले विवाद निम्त्याउने सम्भावना देखिएकाले व्यवहारमा संयम रहनुहोला। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अध्ययनमा पछि परिने सम्भावना छ। समयको पावन्दीलाई ख्याल गर्न नसक्दा अवसर गुम्न सक्छ। व्यवसायमा पनि सोचेको फाइदा नहुन सक्छ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला। अरूले बाधा पुर्याए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। साँझदेखि हिम्मतले विशेष अवसर दिलाउन सक्छ। लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
बेसुरमा वचन दिनाले दु:ख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। परिस्थिति केही चुनौतीपूर्ण रहने देखिन्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला। सावधानीले सामान्य फाइदा उठाउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काममा सोचेजस्तै सफलता पाउन सकिनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा हुनेछ। आँटले प्रतिस्पर्धीलाई पनि हराउन सकिनेछ। तर साँझदेखि परिस्थिति अलि प्रतिकूल बन्ने देखिन्छ। बेसुरमा वचन दिने बानीले दु:ख पाइनेछ। काम बिग्रने डरले पनि सताउन सक्छ, सजग रहनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कुरा लगाउनेहरूले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ। तार्किक क्षमता बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ। आजको कामबाट मनग्य धनलाभ हुन सक्छ। साँझदेखि सहयोगीहरूले उत्साह जगाउनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै फाइदा हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। नयाँ कामको प्रस्ताव आउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। साँझदेखि केही समस्या देखा पर्न सक्छन्। प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। आलोचकहरूले पनि सताउन सक्छन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ। भेटघाटले विभिन्न अवसर दिलाउनुका साथै काममा सफलता मिल्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मेहनतले आम्दानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। व्यापारमा प्रशस्त फाइदा उठाउने समय छ। साँझदेखि भने काममा केही चुनौती देखापर्न सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। खर्च बढ्नाले आर्थिक अभाव देखापर्न सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि मनग्य आम्दानी हुनेछ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment