आँफुलाई सशस्त्र प्रहरी भन्दै लाखौँ कुम्ल्याउने युवती यसरी परिन् प्रहरीको फन्दामा

काठमाडौं, चैत १८ । छद्म प्रहरीको भेषमा ठगी गर्ने सिन्धुपाल्चोककी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक माङ्खा गाविस वडा नम्बर ६ घर भएकी कोपिला बोहरालाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो । बोहराले आफ्नो नाम थर नै परिवर्तन गरेर आँफु प्रहरी भएको बताउँदै लाखौँ रकम सापटी लिएर ठगी गरेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
kopila bohara fake police
प्रहरीका अनुसार २४ वर्षे बोहराले आफुलाई सशस्त्र प्रहरी बलको बरिष्ठ हवल्दार भएको बताउँदै ओखलढुंगाका परदेश राईसँग १६ लाख रुपैयाँ लिएकोमा ११ लाख ७५ हजार रुपैयाँ फिर्ता नगरेको भभन्दै राईले सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकमा खबर गरेपछि उनी प्रहरी नभएको रहस्य सार्वजनिक भएको थियो ।
बोहरालाई अन्तत शसत्र प्रहरीको टोलीले नै पक्राउ गरी प्रहरीको जिम्मा लागएको थियो । बोहराले राईलाई बाहेक काडमाडौँकै लक्ष्मी प्रधानलाई पनि ६० हजार रुपैयाँ ठगेको उजुरी परेको छ । प्रहरीले आफ्नो कारवाहीका कारणका विषयमा सोधपुछ गर्दा बोहराले सशस्त्रको दज्र्यानी चिन्हसहितको पोशाक प्रयोग गरी तस्वीर खिचाएको र रकम असुल गरेको र तिर्न बाँकी रहेको समेत कवुल गरेकी छिन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment