किन भयो सिंहदरबारमा फेसबुक निषेध ?

काठमाडौं, १८ चैत । सेवाग्राहीका काम गर्ने कार्यालय समयमा अधिकांश कर्मचारी सामाजिक सञ्जालमा झुलिए के हुन्छ ? त्यो पनि अन्यत्र होइन, देशकै प्रमुख प्रशासनिक केन्द्र सिंदरबारमा। प्रस्ष्ट छ– काममा ढिलासुस्ती हुन्छ, सेवाग्राही ठगिन्छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि अधिकांश महत्वपूर्ण मन्त्रालय र कार्यालय रहेको सिंहदरबार परिसरमा सरकारले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल चलाउन निषेध गरेको छ ।
सेवा दिनुको सट्टा कर्मचारी फेसबुक, ट्वीटरमा व्यस्त हुन थालेपछि मुख्यसचिव सोमलाल सुवेदीको अग्रसरतामा बुधवारदेखि फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीतन्त्रको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेलगत्तै यस्तो प्रतिबन्ध लगाइएको छ । ओलीले भूकम्पप्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीको भेला उद्घाटन गर्दै कर्मचारकिो कामप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रालय र निकायलाई विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म फेसबुक नचलाउन निर्देशनसमेत दिइसकेको नागरिक दैनिकमा समाचार छ ।Facebook-2
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment