नेपालले भारत ईयुलाई गरायो सचेत : जथाभावी वक्तव्य जारी नगर(विज्ञप्ति सहित

काठमाडौं, १८ चैत । नेपालले भारत र युरोपियन युनियन (ईयु)लाई नेपालको विषयलाई लिएर जथाभावी वक्तव्य जारी नगर्न सचेत गराएको छ ।
भारत र ईयुको शिखर सम्मेलनपछि ती दुई देशले जारी गरेको वक्तव्यमा नेपालको संविधान अपूर्ण रहेको र समयसीमा तोकेर मिल्न बाँकी रहेका मुद्दा सुल्झाउ भनिएपछि नेपाल सरकारले उक्त सचेत गराएको हो । नेपाल सरकार परराष्ट्र मन्त्रालयले बिहिबार विज्ञप्ति जारी गरी संयुक्त वक्तव्यमा नेपालसम्बन्धी समावेश भएका कुराबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

संविधान बनाउने नेपालको आन्तरिक मामला भएको भन्दै मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले प्रजातान्त्रिक तरिकाले संविधान सभाबाट संविधान जारी गरेको र यसले नेपाली जनताको भावनालाई समेटेको उल्लेख गरिएको छ ।
तर यस भावनाका विरुद्ध ईयु–
pararastra mantralaya
भारत को संयुक्त वक्तव्यले नेपाली जनताको भावनामा चोट मात्र पुऱ्याएको छैन, अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुनको भावनालाई पनि उलंघन गरेको छ- विज्ञप्तिमा भनिएको छ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment