वेष्टइण्डिजसँग किन हार्‍यो भारत ? यस्ता छन् पाँच कारण - See more at:

टी -२० विश्वकपको सेमिफाइनलमा भारत वेष्टइण्डिजसँग हार्‍यो । यो हारसँगै फाइनल पुग्ने भारतको सपना अधुरै रहृयो ।
जितको सम्भावना निकै रहेको खेलमा भारत किन हार्‍यो त ? बीबीसी हिन्दीले क्रिकेट जानकारहरुसँगको कुराकानीमा आधारमा भारतको हारका पाँच कारण यसरी प्रस्तुत गरेको छ ।
१. अजिन्क्या रहाणे र विराट कोहलीको ११ देखि १६ ओभरको बीचमा रन कम बनेको थियो । भारतले ४७ रन बनाएको थियो । जबकि वेष्टइण्डिज यही ओभरमा ६७ रन जोड्न सफल भएको छ ।
२. केबल २ विकेट गुमाएको अवस्थामा पनि विराट कोहली र एमएस धोनीले पारीको अन्तिमतिर ठूलो सट खेलेनन् । त्यसो भए के भारतले थप १५/२० रन थप्न सक्थ्यो ?
३. सिमन्सको विकेट लिने प्रयासमा भारतलाई नो बल निकै महंगो सावित भयो । पहिलो पटक जब सिमन्स १८ रनमा थिए भने दोस्रो पटक उनी ५० रनको स्कोरमा ब्याटिङ गरिरहेका थिए ।
४. टस हारेपछि भारतले फिल्डिङ गर्नु पर्‍यो । बल स्लाइड भएका कारण अश्विनले दुई ओभरमा मात्र बलिङ गरे ।
५. वास्तवमै सिमन्स र चाल्र्सले वेष्टइण्डिजको जितको लागि बलियो आधार बनाएका थिए ।
अनलाइन खबर बाट
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment