|
उनको जेठो छोरा हेमराज बिष्ट सेनामा मेजर छन् । कान्छा छोरा रोशन अमेरिकामा मुटु रोगको बिशेषज्ञता हासिल गर्न अध्ययन गरिहरेका छन् । छोरी कविता अमेरिकन आर्मीमा अफिसर छिन् । दुबै बुहारी चिकित्सक छिन् । श्रीमान कांग्रेस नेता रामबहादुर बिष्ट पूर्व सांसद हुन् । उनी अछामबाट यसअघि तीनपटक सांसद भइसकेका नेता हुन् । ६१ बर्षिया ज्याला बिष्ट भने विद्यार्थी हुन् । बिहीबारदेखि सुरु हुने एसएलसीमा उनी पनि सहभागि हुदै छिन् ।
अछाम कालिकास्थान–२ की बिष्टले ०६३ जेठ १ मा उत्प्रेरणा महिला माध्यमिक विद्यालयमा एक कक्षामा भर्ना भइन । यही विद्यालयबाट अक्षर चिनेकी उनी यसपाली नियमित तर्फबाट परीक्षा दिदै छिन् । गाउँमा हुदा पढन पाइनन् । उनी सानी छँदा छोरीले पढ्नु हुदैन भन्ने रुढीबादीमा परिन । तर, छोराछोरीलाई पढाइन । श्रीमानो राजनीतिलाई साथ दिइन । छोराछोरी हुर्काइन । उनी चाहि अक्षर चिन्न बबरमहलबाट झोलामा किताब राखेर तीनकुनेसम्म पढ्न आइन । त्यस बेला कान्छी छोरी कविताले नै १२ कक्षा सकाइसकेकी थिइन।
‘अहिले एसएलसी दिन पाउदा साह्रै खुसी लागेको छ,’उनले भनिन,‘छोराछोरी पनि खुसी छन् ।’ बुधबार दिनभरी अंग्रेजी बिषयको तयारीमा थिइन । ‘पढिरहेको छु, कति आउछ, त्यति लेख्छु,’उनले भनिन्,‘अलि ढिला लेख्छु । त्यसैले नम्बर कम आउला कि भन्ने चिन्ता छ ।’ छोरा बुहारी, छोरीले फोन गरेर परीक्षा राम्ररी दिन भनेका छन् । ‘बुढेसकालको दिमाग हो । खै कति लेख्न सक्छु ?,’उनले भनिन,‘तर, हिम्मत हारेकी छैन । दश वर्षको मेहनत छ ।’
०४८ पछि काठमाडौं आएपछि पढाईको महत्व बुझिन् । उनको श्रीमान ०५१ को मध्यावधिक निर्वाचनमा हारेपछि छोराछोरी पाल्न र पढाउन बबरमहलमा ‘पिसिओ’ सुरु गरिन् । तर, फोन सेटको अक्षर चिन्दिन थिइन । ‘हिसाब गर्न आउदैनथ्यो, फोन गर्नेले जति दिन्थ्यो, उती लिन्थें,’उनले भनिन्,‘पाँच वर्षसम्म यसैगरी चल्यो ।’ जब जनआन्दोलन–०६२/६३ सफल भएपछि उनलाई पढ्ने जोस आयो । ‘पढाई नहुदा धेरै दु:ख पाएपछि पढ्न थालें,’उनले भनिन,‘अझै क्याम्पस पढ्ने धोको छ ।’
इकान्तिपुर बाट साभार गरिएको

0 comments:
Post a Comment