डा. सिके राउतको अन्तर्वार्ता प्रसारण गर्ने टेलिभिजन माथि छानबिन हुने

काठमाडौं, १८ चैत । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतको अन्तर्वार्ता प्रसारण गरेको विषयमा एबीसी टेलिभिजनमाथि नेपाल प्रेस काउन्सिलले छानविन गर्ने भएको छ ।
सो टेलिभिजनले डा. राउतको अन्तर्वार्ता प्रसारण गरेपछि बिहीबार बसेको काउन्सिलको आकस्मिक बैठकले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा आँच आउने गतिविधि कुनै पनि नागरिकले गर्न नपाउने भन्दै एबीसीले त्यसको उल्लङ्घन गरेको ठहर गरेको छ ।
सोही कारण एबीसी टेलिभिजन माथि छानबिन हुने भएको बताइएको छ । एबीसीले नेपालको संविधान र पत्रकार आचार संहिताको पनि गम्भीर उल्लघंन गरेको भन्दै काउन्सिलले पत्र काट्ने र यसबारे आवश्यक अनुसन्धान थालिएको जनाएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment