नेपालको संविधान अपूर्ण भन्दै भारत र इयुले जारी गऱ्यो संयुक्त विज्ञप्ति

काठमाडौं, १८ चैत । सार्वभौमसत्ता सम्पन्न जनताको प्रतिनिधि सम्मिलित संविधानसभाले जारी गरेको संविधान प्रति भारत र युरोपेली युनियन (ईयु)ले फेरि खोट देखाएका छन् ।
संविधानसभाले संविधान जारी गरेलगत्तै विश्वभरबाट स्वागत भइरहेका बेला नेपालमा नाकाबन्दी लगाएको भारत र ईयुको शिखर सम्मेलनपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपालको संविधानमा खोट देखाउँदै मिल्न बाँकी रहेको विषय सीमा तोकेर समाधान गर्न सुझाव दिएको हो ।यद्यपी ईयुले भने नेपालको संविधानको पूर्णरुपमा स्वागत गरेको थियो तर भारतले भने हालसम्म औपचारिक रुपमा स्वागत नगरिएको अवस्थामा आएको सो विज्ञप्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भारतले नेपालको संविधानको स्वागत नगरि मधेसी दलको माग सम्बोधनका लागि भएको संशोधनको मात्रै स्वागत गरेको थियो । तर हाल भारतको दबाबमा सो विज्ञप्तिमा जारी भएको हुन सक्ने कतिपयको आंकलन रहेको छ ।
बेल्जियमको ब्रसेल्समा आयोजित भारत—ईयु शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यको १७ औं नम्बर बुँदामा नेपालको नयां संबिधान अपूर्ण संकेत गर्दै संविधानका मिल्न बाँकी मुद्दाहरु समयसीमा तोकेर हल गर्न भनिएको छ ।
‘नेपालमा दीगो र समावेशी संवैधानिक ब्यवस्थापन होस् ताकि संविधानमा मिल्न बााकी मुद्दा समय सीमा तोकेर सम्वोधन हुन सकोस् । यसका कारणबाट नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास प्रबद्र्धनमा सहयोग पुगोस्’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । साथै भारत र ईयुले भूकम्पपछिको पुनर्निर्माण र दीर्घकालीन विकासमा मिलेर काम गर्ने प्रतिबद्धता सो विज्ञप्तिमा जनाइएको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment