आज दिन र रात बराबरी !

 काठमाडौं, ७ चैत । नेपाली ज्योतिषीले आइतबार दिन र रात बराबरी हुने बताएका छन् । आइतबार सूर्य भू–मध्यरेखाको ठिक माथि पर्न आउने भएकाले दिन र रात बराबरी हुने ज्योतिषीहरुले बताएका छन् ।
यस दिनलाई अंग्रेजीमा ‘भरनल इक्वेनक्स’ भनिन्छ र ज्योतिष शास्त्रमा विषुवत् भनिन्छ । ज्योतिषीका अनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनहरु मध्ये एक मेष विषुवत् दिन हो ।
आइतबार ध्रुव वाहेक अन्य सबैतिर दिन र रात बराबर हुने र सोमबारबाट उत्तरी गोलार्धमा रात भन्दा दिन लामो र दक्षिणी गोलार्धमा दिन भन्दा रात लामो हुन थाल्छ । सूर्यको किरण पृथ्वीमा पर्ने चार भौगोलिक दिनहरुमा मेष विषुवत, दक्षिणयन आरम्भ, तुला विषुवत र उत्तरायण आरम्भ हुने दिनहरु पर्दछन् । जसलाई आधार मानेर राशिचक्र गणना र ऋतु परिवर्तन हुने गर्दछ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment