क्रिस गेल र विराट कोहलीमध्ये कसले बाजी मार्ला ?

एजेन्सी: टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार भारत र वेस्टइन्डिजबीच प्रतिस्पर्धा हुँदैछ । दुई देशबीचको खेलमा शानदार फर्ममा रहेका विराट कोहली क्रिस गेल आकर्षणका केन्द्र हुनेछन् । 
 
सन् २००७ को च्याम्पियन भारतीय टीम र सन् २०१२ को विजेता वेस्टइन्डिजमध्ये एउटा टीमले बाजी मार्नेछ जसले वानखेडे स्टेडियममा उपस्थित हुने हजारौं फ्यानबीच दबाब झेल्न सक्नेछ । भारतीय टीमले यसै मैदानमा पाँच वर्षअघि दोस्रो वान डे विश्व कप जितेको थियो । 
 
यी दुबै टीमले सुपर टेनमा एक एक पराजय भोगेका छन् । अहिलेसम्म यी दुई टीमबीच खेलिएका टी-२० म्याचमा दुई भारत र एक वेस्टइन्डिजले जितेका छन् । नेपाली समयअनुसार बेलुका सात बजेर १५ मिनेटबाट शुरु हुने यो भीडन्तमा बाजी मार्ने टीमले उपाधिका लागि इङ्ल्यान्डसँग भिड्नुपर्ने छ। 
 
कागजी नतिजामा भारतीय टीम मजबूत देखिएपनि उसका केही खेलाडीले अपेक्षा गरेजसरी नतिजा दिन सकेका छैनन् । उता पाहुन टीम वेस्टइन्डिज पनि कम्जोर छैन । उसँग एक से एक खेल जिताउन क्षमता राख्ने खेलाडी रहेका छन् । 
 
भारतका तर्फबाट एकमात्र उत्कृष्ट फर्ममा रहेका खेलाडी विराट कोहली हुन् । उनकै उत्कृष्ट प्रदर्शनले भारत जारी विश्वकपमा यो अवस्थामा आइपुगेको छ । 
 
वेस्टइन्डिजको सबैभन्दा चिन्ताको विषय नै कोहली हुन् । उसले भारतीय कप्तान महेन्द्र सिंह धोनीको ब्याटिङमा पनि अंकुश लगाउन सक्नुपर्ने। 
 
भारतलाई नागपुरमा भएको पहिलो म्याचमा न्यूजील्यान्डले हराएको थियो । तर त्यसपछि भारतले पाकिस्तान, बंगलादेश र अस्ट्रेलियामाथि  जीत दर्ता गरेको छ । 
 
अर्कातर्फ वेस्टइन्डिजले इङ्ग्ल्यान्ड, दक्षिणअफ्रिका र श्रीलंकालाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । उसले अन्तिम खेलमा अफगानिस्तानसँग पराजय भोग्नुपर्यो ।
 
क्यारेबियन टीम अफगानिस्तानबाट मिलेको अप्रत्याशित हार भुलेर राम्रो प्रदर्शन गर्ने गरी मैदानमा उत्रनेछ । भारतीय टीम कोहलीको शानदार फर्म कायमै रहोस् भन्ने प्राथना गरिरहेको छ ।

जसले अस्ट्रेलियाविरुद्ध गर या मर खेलमा नटआउट ८२ रन बनाएका थिए । यसका अलावा रोहित शर्मा र शिखर धवनबाट पनि उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ । उनीहरुको चार म्याचमा औसत १० रहेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment