एसएसबीले १३ नाबालकसहित २४ जना नेपालीलाई पक्राउ गऱ्यो

महोत्तरी, १८ चैत । महोत्तरीको नेपाल भारत सीमामा खटिएका भारतीय सुरक्षा बल (एसएसबी) ले १३ नाबालक सहित २४ जना नेपाली पक्राउ गरेको छ ।
नेपालबाट भारतमा रोजगारीका लागि जाँदै गरेको अवस्थामा उनीहरुलाई बिहीबार बिहान एसएसबीले पक्राउ गरेको हो । पक्राउ परेका नेपालीहरुमा महोत्तरी, सिरहा र सिन्धुलीका रहेका बताइएको छ ।
भारतमा रोजगारीका लागि जाँदै गरेका उनीहरुलाई भारत विहार राज्यको सीतामढीमा अवस्थित ‘चाइल्ड लाइन’ नामक संस्थाले एसएसबीद्वारा पक्राउ गर्न लगाएको बताइएको छ । भारतीय एसएसबीले पक्राउ गरेका २४ मध्ये ११ जना वयस्क रहेको र उनीहरुले नाबालकलाई बाल श्रम शोषणका लागि लैजाँदै गरेको भन्दै सो संस्थाले ती सबै जनालाई पक्राउ गर्न लगाएको हो ।
पक्राउ परेकामध्ये दुईजनासँग भारतीय र नेपाली दुवै देशका नागरिकतासमेत रहेको बताउँदै एसएसबीका एक अधिकारीले ती व्यक्तिहरु नाबालकलाई गलत काममा प्रयोग गर्ने उद्देश्यले लैजान लागेकोले पक्राउ गरिएको बताएका छन् ।
चाईल्ड लाइन संस्थाको अनुरोधमा एसएसबीले पक्राउ गरेका २४ जनालाई संस्थाको अनुरोधमा भारतीय प्रहरीले बिहीबार सीतामढीस्थित ‘चाइल्ड कोर्ट’मा उपस्थित गराउने र सो स्थानबाट तिनका अभिभावकलाई बोलाएर नाबालकलाई जिम्मा लगाउने भएको एसएसबीले बताएका छन् । अहिले ती चौबिसैजना एसएसबीकै नियन्त्रणमा रहेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment