मलेसियाको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु- तिन जना घाइते - See more at:

मलेसिया: मलेसियामा भएको सडक दुर्घटनामा मंगलबार राति दुईजना नेपाली युवाकोको ज्यान गएको छ । यो दुर्घटनामा अन्य तीनजना नेपाली युवा घाइते भएका छन् ।
सेलेङर राज्यको काजाङ मेट्रोमा भएको दुर्घटनामा मोरङको सलकपुरका लोकबहादुर कार्की र गोरखाको बुङ्कुटका रामशरण थापाको मृत्यु भएको हो ।
मृतक दुबै मलेसियाको काजाङमा व्यवसाय गरेर बसेका नेपाली हुन् ।थापाले चलाएको कार पल्टिँदा उनीहरु को मृत्यु भएको हो । दुर्घटनामा अन्य तीनजना नेपाली घाइते भएका छ्न् । घाइतेहरुको सेरडाङ अस्पतालमा उपचार भइरहेको काजाङका व्यवसायी किरण बजागाइँले जानकारी दिए ।
घाइतेहरुको नाम खुल्न सकेको छैन । घाइतेमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको छ । अर्का एकको अवस्था सामान्य रहेको छ । मृतकको शव पोष्टमार्टमका लागि सेरडाङ अस्पतालमा राखिएको छ । अन्नपूर्ण दैनिक ले खबर छापेको छ |
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment