सिके राउतको देश टुक्र्याउने अभिव्यक्तिपछि टेलिभिजनलाई काउन्सिलद्वारा पुर्जी काटने तयारी, क्लबको कार्यक्रम रद्द,राउतलाई कसले गर्ला कारबाही ? - See more at:

काठमाडौं, १८ चैत । नेपालको तराईंलाई टुक्रयाएर छुट्टै नयाँ राज्य माग गर्दै हिँडेका डा सिके राउतले टेलिभिजनमा दिँदा समेत सोहि प्रकारको अभिव्यक्ति दिएपछि टेलिभिजनलाई समेत कारबाही हुृने भएको छ ।
प्रेस काउन्सिल नेपालले राउतको बिखण्डकारी विचारलाई बढावा दिएको भन्दै अन्तरवार्ता लिएको एबिसी टेलिभिजनलाई स्पष्टिकरण सोधने तयारी गरेको बुझिएको छ ।
प्रेस काउन्सिलका सदस्य किशोर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन्,‘ देश टुक्र्याउने अभियानको हाकाहाकी सहयोगी बन्ने काम कुनै पनि हिसावले क्षम्य हुनै सक्दैन । ज़िम्मेवार पत्रकारिताबाट त यस्ता गतिबिधिमा मतियार हुने कुराको कल्पनासम्म पनि गर्न सकिन्न ।
यसै सन्दर्भमा प्रेस काउन्सिलले सिके राउतको बिखण्डनकारी बिचारलाई बढ़ावा दिएवापत एबिसी टिभी लाई आजै पुर्जी काट्न लागेको बुझिएको छ । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको पनि ध्यानाकर्षण गराइएपछि उनले आज राउतका निम्ति राखिएको कार्यक्रम रोकिएको जानकारी दिएका छन् ।’ck-raut
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment