ठमेलमा छापा यौनधन्दा र मसाज सेन्टर डिस्कोमा छापा हान्दा २ सय जना यसरि पक्राउ परे – ८० जनाविरुद्ध मुद्दा दायर - See more at:

सोह्रखुट्टे प्रहरीले ठमेल क्षेत्रमा छापा मारेर २ सय भन्दा बढीलाई पक्राउ गरेको छ। अवैध रुपमा संचालित यौनधन्दा, स्पा र मसाज सेन्टर, डान्स र डिस्कोहरुमा छापा मारेर अहिलेसम्म २ सय जना पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए।
पर्यटकिय नगर ठमेल क्षेत्रमा यौनधन्दा फस्टाएको, लागू औषध कारोबारीको संख्या उल्लेखनिय रहेको, सडकमै बसेर रातको समयमा बियर र नाङगो पसलेहरुले थोरै परिणाममा लागू औषध बेच्ने गरेको पाइएको डिएसपी राठौंरले बताए। ‘ठमेल सबैक्षेत्रबाट भताभुङ अवस्थामा छ’, डिएसपी राठौंरले भने ‘सही ट्रयाकमा ल्याउन अप्रेसन चलाइरहेको छु ।’ ठमेल र सोह्रखुट्टे क्षेत्रबाट अवैध रुपमा हुने सबै क्रियाकलाप जरैबाट उखेल्ने उनले बताए।
जुवाडेहरुको थलो पनि ठमेल नै रहेको उनले बताए। केही लज तथा होटलहरुमा छापा मारेर संचालकसहित केही युवतीलाई पक्राउ गरिएको राठौंरले बताए। सोह्रखुट्टे प्रहरी प्रमुख भएको १२ दिनमा राठौंरले २ सय भन्दा बढी पक्राउ गरेपछि ठमेलका व्यवसायी भने तर्सिएका छन्।Capture
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment