विश्वको सबैभन्दा लामो विमान , जो हेलिकोप्टर झैं जमिनबाट सोझै माथि उड्न सक्छ (भिडियो)

काठमाडौँ । विश्वको सबैभन्दा लामो विमान कुन होला रु सबैको मनमा कौतुहलता जाग्न सक्छ । ९२ मिटर लामो ‘एअरल्याण्डर–१०’ नामक बिमान संसारकै लामो विमान हुनेछ । जस्को तस्वीर र निर्माण स्थलको भिडियो हालै सार्वजनिक गरिएको छ । विश्वकै सबैभन्दा लामो विमानभन्दा १८ मिटर लामो विमान परीक्षण उडानको तयारीमा रहेको छ । यो विमान ९२ मिटर लामो छ ।
विश्वको अहिलेसम्मको सबैभन्दा लामो विमानको तुलनामा यसको लम्बाई १८ मिटर बढी भएपनि यो विमानमा जम्मा ४८ यात्रु सवार हुन सक्ने ब्रिटेनको कार्डिङ्गटन, ब्रेडफर्डशायरस्थित एअरलाइन हेंगरले जनाएको छ । विगत ९ वर्षदेखि निर्माणधिन यो विमानलाई उड्नका लागि लामो रन–वे आवश्यक पर्दैन । यो विमान हेलिकोप्टर झैं जमिनबाट सोझै माथि उड्न सक्छ । २० हजार किलोग्राम वजनको यो विमान १४८ किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्छ । एजेन्सीको सहयोगमा
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment