प्रधानमन्त्री ओलीको चीन भ्रमणमा कसरी छुटे परराष्ट्र मामिला सल्लाहकार ? - See more at

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । भ्रमण अघि नै प्रत्यक्ष वा परोक्ष रुपमा निकै आलोचना व्यहोरेका ओलीको भ्रमण इतिहासकै खल्लो बन्ने प्रायः निश्चित भएको छ । प्रम ओलीले भ्रमणमा छुटाउनै नहुने व्यक्तिलाई नलगि अनावश्यक व्यक्तिहरुलाई लिएर गएको चर्चा समेत सुरु हुन थालेको छ ।
प्रधानमन्त्रीको विदेश भ्रमणमा छुट्नै नहुने प्रमुख व्यक्ति परराष्ट्र मामिला सल्लाहकार गोपाल खनाल नै छुटेका छन् । साता व्यापी विदेश भ्रमण त्यो पनि परराष्ट्र मामिला सल्लाहकारको अनुपस्थितीमा कस्तो होला यो भ्रमण सामान्यतया सबैले आंकलन गर्न सकिन्छ ।
यस विषयमा लाइटनेपाल डटकमले जानकारी लिँदा सल्लाहकार खनालले भने ‘मेरो नेपालमा नै धेरै काम परेर नगएको हो । मैले मेरो काम यही बसेर नै गर्न सक्छु ।’
यस्तै प्रधानमन्त्रीको भ्रमणमा सल्लाहकार खनालमात्र हैन प्रेस संयोजक प्रमोद दाहाल पनि परेनन् । संयोजक दाहालले भने‘हामीलाई जान मन लागेन त्यसकारण गएनौ । जान मन लाग्नेहरु जानु भएको छ । यो कुनै ठुलो विषय होईन ।’ चीन भ्रमणका क्रममा रहेको ओलीले सँगै चीन जाने व्यवसायीहरुसँग तीन लाख रुपैयाँका दरले हवाइई खर्च दिन अनुरोध गरेको समेत यतिबेला निकै चर्चामा छ ।Kp-Oli-650x345
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment