अब नेपालले चीनहुँदै तेल ल्याउन ढोका खुल्यो’

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा इन्धन व्यापार सम्झौता भएको छ । चीनसँग भएको पारबहन यातायात सम्झौताले चीनको बन्दरगाह भएर तेस्रो देशबाट तेल वा अन्य व्यापार गर्न नेपाललाई ढोका खुलेको छ ।
नेपालको मागको एक तिहाई पेट्रोलियम दिन चीनले समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ र दुई पक्षबीच निरन्तर छलफल पनि जारी नै छ । तेलको ढुवानी, मूल्य र भण्डारण व्यावस्थापन गरिसकेपछि मात्रै सम्झौता गर्ने गरी अहिले तयारी तीब्र बनाउने सहमती भएको बताइएको छ । स्रोतका अनुसार नेपालले चीनबाट जति सकिन्छ ल्याउने र पूर्वाधार निर्माणसँगै विस्तारै तेलको परिमाण बढाउँदै लाने बताइएको छ । तर त्यसका लागि आवश्यक गृहकार्य अझै जारी नै छ ।
पेट्रोलियम पद्धार्थ प्रशोधन केन्द्र नभएकाले अहिले छिङ्हाई प्रान्तबाट पाइप लाइन र रेलबाट तिब्बतमा तेल ओसारिने भएको छ । प्रशोधन केन्द्र स्थापना नगर्दा नेपालले चीनबाट ल्याउने तेल २५ सय किलोमिटर भन्दा लामो बाटो भएर ल्याउनुपर्छ । चीनको वाणिज्य मन्त्रालय र चाइना–पेट्रोसँग बारम्बार वार्तामा बसेका अधिकारीका अनुसार नेपाल वा सिमा नजिकको तिब्बती भूभागमा प्रशोधन केन्द्र स्थापना गर्ने विषयमा समेत छलफल भइरहेको छ ।
पूर्वाधार तयारीको महत्वपूर्ण पक्ष मानिएको पाइप लाइन, सडक र रेलमार्ग विस्तार गर्ने योजनाबारे प्रधानमन्त्री सहभागी द्विपक्षीय वार्तामा छलफल भएको बताइएको छ । नेपालमा पेट्रोलियम उत्खननको संभाव्यता अध्ययनमा चीनले सहयोग गर्ने सम्झौता पनि भएको छ ।nepal-and-india-
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment