बसको ठक्करबाट बालक सहित दुईको ज्यान गयो

दाङ, भालुवाङबाट रुकुमका लागि छुटेको बसले गए राति राप्ती राजमार्गको रानागाउँमा मोटरसाइकललाई ठक्कर दिँदा दाङमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
त्यस्तै दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसरी मृत्यु हुनेमा तुलसीपुर–१ रानागाउँ निवासी ६० वर्षीय फुर्सी खत्री र सोही ठाउँका वर्ष ९ वर्षका बालक वरुण थापा रहेको जिल्ला प्रहरी प्रमुख कँुवेर कडायतले जानकारी दिनुभयो ।
त्यसैगरी घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक रामबहादुर केसी र गीता केसीलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ ।
भालुवाङबाट रुकुमका लागि छुटेको ना५ख ७२८२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको बा२३प ५९५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकमा सवार खत्री र बालकको ज्यान गएको हो । रासस - 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment