आवाजको गति भन्दा छिटो उड्ने विमान ! (भिडियो सहित)

काठमाडौं, १९ फागुन । आवाजको गति भन्दा छिटो उड्ने हवाइजहाज बन्ने भएको छ । नासाले सोमबार सो विमानको सुरुवाती डिजाइन तयार पार्न लकहिड मार्टिन नामक कम्पनीलाई २ करोड डलर दिएको छ ।
सो विमान यात्रुहरुलाई लक्षित गरी ल्याउन लागिएको बताइएको छ । यद्यपी उक्त हवाईजहाजको डिजाईन कुनै सैन्य प्रयोगका लागि नभएको पनि नासाले स्पष्ट पारेको छ ।
हवाई क्षेत्रमा नयाँ आयाम ल्याउन सुरु गरेको नयाँ प्रोजेक्ट ‘एक्स–प्लेन्स’ को यो सुरुवाती चरण भएको नासाको भनाइ छ । आवाजको गतिमा उड्ने जहाजबाट आउने ‘सोनिक बुम’लाई निकै परसम्म पनि सुन्न सकिने हुँदा यसलाई सक्दो कम गर्ने प्रयत्न नासाले गरिरहेको छ । जसलाई नासाले ‘लो बुम’ प्रविधि भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नासाका प्रशासक चाल्र्स बोल्डेन रोनाल्ड रेगनका अनुसार नयाँ डिजाइन बनाउनुको उद्देश्य यात्रा समयलाई छोट्याउँदै जहाजलाई अझ बढी सुरक्षित, शान्त र वातावरण मैत्री बनाउँदै हवाई कम्पनीहरुको कार्यक्षमतालाई चुस्तदुरुस्त पार्नु रहेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment