दक्षिण कोरियाबाट आयो नेपालीहरुलाई झट्का लाग्ने खवर

दक्षिण कोरियाले सन् २०१६ मा श्रीलंकाली कामदारको कोटा बढाउने संकेत गरेको छ | रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत पठाउन श्रीलंका सक्षम हुनेछ भन्ने आशयको संयुक्त वक्तव्य श्रीलंकाका विदेशमन्त्री मंगला समरवीरा र दक्षिण कोरियाका विदेशमन्त्री यु बंक सेको संयुक्त वक्तव्यमा उल्लेख छ।
दुई देशको कुटनीतिक सम्बन्धको चारदशक लामो यात्राको बर्षगाठ मनाउँनेक्रममा शुक्रबार निकालिएको संयुक्त वक्तव्यमा उक्त कुरा उल्लेख छ।
दक्षिण कोरियाको बिकाशमा श्रीलंकाली मजदुरको पनि योगदान रहेको र हाल दक्षिण कोरियामा ४२००० हजारको हाराहारीमा उनीहरु रहेको साथै दुई देशको आपसी सम्बन्द बिस्तारबाट नै आर्थिक तथा सामाजिक बिकाश गर्न सकिने एंवम दुबै देशको पहल मा दक्षिण एसियामा नै ब्यबसाय,श्रम,बिकास, संस्कृतीक रीतिरिवाजको बिस्तार गर्न कोशेढुङ्गा साबित हुने दुई देशका मन्त्रीबिचको बैठकमा छलफल भएको थियो भने सन् २०१४ मा दुई देशले कपडा, जस्तापाता,रासायनिक पदार्थ लगायत गरि ४०७ मिलियन अमेरिकी डलरको ब्यापारिक कारोबार गरेका थिए ।
कोरियाले दक्षिण एसियाकाका महत्वपूर्ण देशका महत्वपूर्ण शहरमा शहरी विकाश परियोजनामा भाग लिनका निम्ति श्रीलंकाको साथ र समर्थनका लागि विदेशमन्त्री मंगला समरवीरालाई दक्षिण कोरिया निम्त्याईएको थियो भने समरवीराले कोरियाको हर विकास परियोजनामा श्रीलंकाको सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गरे।
उता श्रीलंकाली कामदार बढाउँदा दक्षिण कोरियामा नेपाली कामदारको कोटा भने घट्न सक्ने बताइएको छ । श्रीलंकाली कामदारले प्राथमिकता पाएमा अहिले नेपालबाट कोरिया गैरहेका कामदारको संख्यामा कटौती हुने छ । यसको असर हजारौं नेपालीलाई पर्ने देखिन्छ । - Capture
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment