निर्देशक सहित अर्चना पनेरु प्रहरीको नियन्त्रणमा , निर्देशक गिरी र बोर्ड अध्यक्ष राईको आ–आफ्नै दावी (अडियो सहित) - See more at:

काठमाडौं, ८ चैत्र । चलचित्र जिस्मको निर्माण युनिट कास्कीबाट सोमबार पक्राउ परेसँगै चलचित्र उद्योगमा फेरि एक पटक रडाको मच्चिने भएको छ । सो चलचित्रका निर्देशक राजु गिरी र चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले आ–आफ्नै तर्क प्रस्तुुत गरेपनि अन्ततः यस क्षेत्रमा हुने मनलाग्दी प्रवृत्ति छर्लङ्ग भएको छ ।
विकास बोर्डसँग बेलाबखत हुने निर्देशक र निर्माताहरुको तनावको यो पछिल्लो उदाहरण हो । नेपाली चलचित्र क्षेत्रलाई कसरी व्यवस्थित र मर्यादित बनाउने भन्दा पनि आ–आफ्नो स्वार्थ हावी भएको देखिन्छ । पोर्न स्टार बन्छु भन्दै यस क्षेत्रमा प्रवेश गर्न लागेकी अर्चना पनेरूलाई नायिका बनाउन लागिएको सो चलचित्रको छायांकन गर्ने क्रममा सोमबार कास्कीको पोखराबाट राजुु गिरी सहित चलचित्र निर्माण युनिटलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई बोर्डको निर्देशनमा नियन्त्रणमा लिएको विकास बोर्डका अध्यक्ष राईले स्वीकारेका छन् । भने छायांकनको लागि लिनुपर्ने इजाजत पत्र नपाइकन छायांकन गरिएको गिरीको भनाइबाट प्रस्टिन्छ ।
राईको व्यक्तिगतका कारण हस्ताक्षर हुन बाँकी रहेको मिडिया एनपीसँगको कुराकानीले गिरीले भनेका छन् । यसर्थ उनले मौखिक रुपमा छायांकन गर्न लिखित रुपमा इजाजत नपाएको प्रस्ट हुन्छ । पक्राउ परेका गिरी सहितको फिल्म युनिटलाई अहिले कास्कीको राम्जा प्रहरी कार्यालयमा राखिएको छ । यस विषयमा बोर्ड अध्यक्ष राई र निर्देशक गिरी के भन्छन् त ?
राजकुमार राई, अध्यक्ष चलचित्र विकास बोर्ड इजाजत बिनै फिल्म छायाँकनमा लिएर गएका कारण आफूले फिल्म यूनिटलाई पक्राउ गर्न आदेश दिएको हो । उनको फिल्मलाई निर्माण इजाजत दिने कि नदिने भन्ने बारेमा बोर्डमा छलफल हुँदै गरेता पनि गिरीले अटेर गरी फिल्म छायाँकनमा लगेकाले आफूले उनलाई पक्राउ गर्न आदेश दिएको हुँ । अश्लील फिल्म बनाउँछु भन्ने गिरी र पोर्नस्टार बन्छु भन्ने अर्चना पनेरुलाई अश्लील फिल्म बनाउने दिने कि नदिने भन्ने विषय छलफलमा रहँदा आफूले गिरीलाई पटक पटक फोन गरेर छायाँकन रोक्न भनेपनि गिरीले आफू काठमाडौंमै रहेको बताउँदै आधा फिल्म खिचेका कारण पक्राउ गर्नु परेको हो ।
राजु गिरी निर्देशक
आफूलाई नियतबश फसाइएको हो । आफूले इजाजतका लागि सम्पूर्ण पक्रिया पूूरा गरे पनि बोर्ड अध्यक्ष राईले व्यक्तिगत रुपमा हस्ताक्षर गरिदिएनन् । आफूले राम्रो कथाबस्तुमा पनेरुलाई खेलाउन लागेको हुँ । पार्नस्टार बन्छुभन्दै कोहि पार्नस्टार हुँदैनन् तर अहिले प्रहरी लगाएर आफूहरुलाई गिरफ्तार गरियो ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment