कसले गर्यो काठमाडौंको १२० किलोमिटर सडकमा सोलार बत्ती जडान गर्न प्रस्ताव - See more at:

काठमाडौं, ९ चैत । काठमाडौं महानगरपालिका भित्रका १ सय २० किलोमिटर सडकमा सौर्य सडक बत्ती जडान गर्न प्रस्ताव गरिएको छ ।
सरकारले अघि सारेको ‘जनसहभागितामा आधारित सौर्य सडकबत्ती कार्यक्रम’ अन्तरगत महानगरपालिकाले १ सय १५ देखि २० किलोमिटर सडकमा सौर्यबत्ति जडानको प्रस्ताव तयार गरेको हो । यो प्रस्ताव स्थानीय विकास मन्त्रालयमा पेश भइसकेको बताइएको छ । महानगरपालिका भौतिक निर्माण विभाग प्रमुख उत्तरकुमार रेग्मीको अनुसार १ सय २० किलोमिटर सडकमा बत्ती जडानका लागि १ सय ३५ योजना बनाइएको छ र यसका लागि ६५ करोड लाग्नेछ । यसमा ६० प्रतिशत अनुदान सरकारले दिनेछ भने महानगरले आफ्नो स्रोतबाट २५ प्रतिशत लगानी गर्नेछ । बाँकी स्थानीय उपभोक्ताबाट उठाइनेछ ।
यसअनुसार ६५ करोड रुपैयाँको सडकबत्तिका लागि स्थानीय विकास मन्त्रालयले झण्डै ३९ करोड रुपैयाँ अनुदान दिनेछ । यो योजना अन्तरगत महानगरले करिब १६ करोड २५ लाख रुपैयाँ लगानी गर्नेछ भने बत्ति जडानमा उपभोक्ताले करिब ९ करोड ७५ लाख रुपैयाँ खर्च गर्नेछन् ।
‘जनसहभागितामा आधारित सौर्य सडकबCaptureत्ती कार्यक्रम’मा एउटा पोलमा सौर्य बिजुली जडान गर्न झण्डै एक लाख लाग्ने अनुमान छ । प्रत्येक पोलको दुरी ५० मिटरमा हुनेछ ।
सौर्य सडकबत्ती जडान भएपछि अहिले यसमा प्रयोग भइरहेको ६ मेगावाट प्रशारण लाइनको बिजुली बचत हुने सरकारको अनुमान छ । पहिलो चरणमा देशभरका नगर क्षेत्रमा यो योजना लागू हुनेछ । सरकार, स्थानीय निकाय र जनताको पनि लगानीमा सौर्यबत्ती जोडेर देशभर विद्युत लाइनमा आधारित सडक बत्तीलाई विस्थापन गर्ने मन्त्रालयको दाबी छ ।
मन्त्रालयले सौर्य सडक बत्तीका लागि सौर्यपाता कम्तीमा २० वर्ष टिक्ने हुनुपर्ने मापदण्ड बनाएको छ भने ब्याट्री ५ वर्ष र बत्ती २ वर्ष ग्यारेन्टी भएको हुनुपर्ने व्यवस्था गरेको छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment