उत्तर कोरियामा देख्न सकिने ५ कुरा, जुन अन्त कहिँ देख्न पाइँदैन! - See more at:

Pyongyang-Subwayपरमाणु हतियारको परिक्षण पश्चात संयुक्त राष्ट्रसंघले उत्तर कोरिया माथी अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध अनुमोदन गरिसकेको छ। तानाशाह शासक ‘किम जोङ-उन’ले लगतै परमाणु हतियार तयार राख्न दिएको निर्देशनले अहिले पनि अवस्था गरम छ। अमेरिका, दक्षिण कोरिया, जापान लगायत देश उत्तर कोरिया माथीको प्रतिबन्धले ढुक्क भने हुन सकेका छैनन्। यसै त खबर वारपार नहुने उत्तर कोरिया झन् प्रतिबन्ध पछि एक्लिएको छ।
तर यस देशमा पर्यटकीय मामिलाको भने कुरा अर्कै छ। त्यहाँ पर्यटकहरू छिर्न त पाउँछन् तर सुनिश्चित क्षेत्रमा मात्रै घुम्ने अनुमति पाउँछन्। यसै त त्यहाँ जानको लागि विशेष अनुमतिको जरुरत पर्दछ भने पर्यटकले त्यहाँ खिचेका तस्विरहरूलाई देशबाट बाहिरिने बेलामा बोर्डरमा जाँचेर सबै डिलिट गरिन्छ।
तर पनि कतिपयले त्यहाँ खिचेका तस्विरलाई गोप्य तरिकाले बाहिर ल्याउँछन् र इन्टरनेटमा त्यसको बयान गर्छन्। यसरी नै इन्टरनेटमा राखिएका सामग्रीहरूलाई खोतल्दै हेर्दा हामीले कोरियाको बारेमा धेरै कुराहरू जान्न पायौँ।
त्यहाँको कडा शासनको बारेमा त सायद सबैलाई अवगतै होला। तर त्यहाँका यी ५ कुराहरू भने अन्त कहिँ देख्न पाइँदैनः
१. डिमिलिटराइज्ड जोनसन् १९५३ मा उत्तर कोरिया, चीन र संयुक्त राष्ट्रबीचको सम्झौताले बनाएको उत्तर कोरिया र दक्षिण कोरियाबीचको सिमाना हो यो। यो सिमानाको लम्बाई करीब २५० किलोमिटर रहेको छ भने ४ किलोमटर फराकिलो छ।
यो क्षेत्रभित्र पश्चिमी छेउतर्फ उत्तर र दक्षिण कोरियाका आधिकारिकहरूको बैठक कक्ष रहेको छ जसलाई ‘जोइण्ट सेक्यूरिटी एरिया’ (JSA) भनिन्छ। यहाँ दुई देशको बीच वार्ता तथा सम्झौता हुने गर्दछ।
त्यहाँ घुम्न गएका पर्यटकहरू भने यस क्षेत्रलाई ‘पृथ्वीकै सबैभन्दा डरलाग्दो ठाउँ’ पनि भन्छन्। सीमानाको दुवैतर्फ दुई देशका सैनिकहरू तैनाथ रहन्छन् र तिनीहरूको बीचमा कहिल्यै पनि केहि पनि कुराहरू हुँदैन। आफू भने सीमानाको पर्खाल पनि केहि फिट मात्रै अग्लो छ।
२. जुचे टावर
जुचे टावरलाई उत्तर कोरियाको राजनैतीक सिद्धान्तको प्रतीक मानिन्छ। त्यहाँका पूर्व शासक ‘किम इल-सोङ्ग’ले यो टावरका निर्माण गरेका हुन्।
यो टावरमा इलेभेटर राखिएको छ, जहाँबाट त्यसको टुप्पामा जान सकिन्छ र त्यहाँबाट राजधानी ‘प्योङ्गयाङ्ग’ शहरको मनोरम दृश्य देख्न सकिन्छ।
सन् १९८२ मा निर्माण सम्पन्न भएको यस टावरको उचाई १७० मिटर रहेको छ।
- See more at: http://www.lightnepal.com/4570#sthash.FMAzfn53.8dHLpK9l.dpuf३. वर्कर्स पार्टी मनुमेण्ट
एक हात खेती-किसानको लागि, अर्को शिक्षाको लागि अनि अर्को उद्योगको लागि। यो विशाल स्मारक ‘जुचे टावर’बाट केहि पर मात्रै अवस्थित रहेको छ। कोरियाको मजदुर पार्टीको स्थापनाको ५० औँ वार्षिकोत्सवको अवसरमा यो ५० मिटरको स्मारक निर्माण गरिएको हो। यसको सबैभन्दा रोचक कुरा के हो भने, यसको वरिपरिको रिङ्गमा लगाइएको मार्बलको सङ्ख्याले ‘किम जोङ-इल’को जन्म मितीलाई जनाउँदछ।
- See more at: http://www.lightnepal.com/4570#sthash.FMAzfn53.8dHLpK9l.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment