आज काठमाण्डौमा आएको हावाहुरीले रुख ढल्दा ६ जना घाइते- - See more at:

1काठमाडौं, १५ चैत । उपत्यकामा सोमबार आएको हावाहुरीका कारण ७ जना घाइते भएका छन् । घाइते हुनेमा काठमाडौंमा ६ जना र भक्तपुरमा १ जना रहेका छन् ।
हुरीका कारण त्रिचन्द्र क्याम्पस अगाडि रुख ढल्दा २ जना घाइते भएकोले उपचारको लागि वीर अस्पतालमा उपचार भईरहेको छ । स्वयम्भू स्तुपाको इँटा खस्दा घाइते भएका १ जनाको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
नागार्जुन नगरपालिका–४ सितापाईलामा भागदौड गर्दा लडेर ३५ वर्षीया बिमला मगर घाइते भएकोले उपचारको लागि मनमोहन अस्पताल पठाइएको छ । काँडाघारीको सनसिटीबाट एउटा ट्याङकी खसेर ट्याक्सीको शिशा फुट्दा १ जना घाइते भएका छन् । पुरानो बानेश्वरमा लडेर १ जना घाइते भएकोले उपचारको लागि भरोसा अस्पताल बानेश्वर पठाइएको छ ।
टेकु पुल नजिकको विजुलीको पोल ढलेको छ भने रत्नपार्कमा रुख ढलेर बाटो अबरोध भएको छ । यसैगरी ललितपुर शंखमुल पुल नजिकको विजुलीको पोल ढलेको छ । भक्तपुर बालकोटमा बिजुलीको पोल ढलेर १ जना घाइते भएकोले उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर पठाइएको प्रहरीले जनाएको छ ।
- See more at: http://www.lightnepal.com/8097#sthash.8FZkjV9g.2DRAG3rg.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment