|
काठमाडौं, ६ चैत्र । सधैं सिनेमा घरका पर्दामा अथवा फिल्मका औपचारिक कार्यक्रममा आकर्षक पहिरन सहित देखा पर्ने नायिका प्रियंका कार्की शुक्रबार साँझ राजधानीको मण्डला थिएटर परिसरमा माइक्रोफोन बोकेर कार्यक्रम सञ्चालन गर्दै गरेकी भेटिईन । उनको साथमा कलाकार दयाहाङ राई कहिले यता कहिले उता गर्दै देखिन्थे । उल्लेख्य दर्शकको उपस्तिी रहेको उक्त कार्यक्रममा ‘जुनकिरी’ नामको घुम्ति नाटक घर मण्डला नाटक घरलाई हस्तान्तरण गरियो । अब यो घुम्ती रंगमञ्चले नाटक र रंगमञ्चका बारेमा थाहा नपाएका दुर दराजका बासिन्दासम्मलाई नाटक देखाउने छ ।
उक्त घुुम्ती रंगमञ्चको उद्घाटन लियो लियोनीले लेखेको र राजन खतिवडाले निर्देशन गरेको ‘मनचिन्ते फिरन्त’ नामका नाटक मञ्चन गरियो । सार्वजनिक कार्यक्रममा यसै थिएटरमाथि विप्लव प्रतीकको शब्द तथा दीप श्रेष्ठको संगीतमा कलाकारहरुले सुन्दर प्रतुति दिएका थिए ।
‘जिआइजेड’अन्तर्गत कार्यक्रम ‘सिभिल पिस’ ले उक्त ट्रक मण्डलालाई सहयोग गरेको हो । कार्यक्रममा सहयोगी संस्थाका प्रतिनिधिबाट मण्डलाकी उपाध्यक्ष सिर्जना सुब्बाले ट्रकको साँचो बुुझेकी छिन् ।
मण्डलाका निर्देशक राजन खतिवडा र रोबोटिस्ट इन्जिनियर अनिल कार्कीको परिकल्पनामा वायुविमान इन्जिनियरहरुको समूह ‘एडेन इन्जिनियरिङ’ले ट्रकलाई थिएटरको संरचना दिएको हो । मण्डलाले यो ट्रकलाई लिएर ठाउँठाउँमा नाटक देखाउने योजनाअन्तर्गत यस वर्ष काठमाडौंका भूकम्पबाट अति प्रभावित क्षेत्रमा जुनिकिरी मोबाइल थिएटर लगेर नाटक देखाइने र अर्को वर्षदेखि काठमाडौं बाहिरका क्षेत्रक्षेत्र पुगेर नाटक देखाइने जनाएको छ ।
|
0 comments:
Post a Comment