मिस्ड कल गर्नुहोस, घर बनाउने ऋण दिन बैंक आफैँले फोन गर्छ - See more at:

बैंकलाई मिस्ड कल दिने भन्दा पत्यार नलाग्न सक्छ । तर एनएमबी बैंकले आफ्ना ग्राहकले मिस्ड कल दिउन् भनेरै एनसेल नम्बर ९८०१७१७६६६ को व्यवस्था गरेको छ। यो नम्बरमा मिस्ड कल गर्नेलाई बैंक आफैँले फोन फर्काउँछ।
बैंकले यसरी मिस्ड कल दिनेलाई आफ्नो ल्यान्डलाइन फोनबाट कल फर्काउने गर्दछ। कुन ठाउँबाट फोन गरेको सोध्दै कस्तो जग्गा धितो राखी ऋण लिन लागेको भन्ने बारेमा सोध्ने गर्दछ।
साथै यसरी मिस्ड कलको माध्यमबाट ग्राहकसम्म पुग्ने आफुहरुको योजना प्रभावकारी भएको बैंकका सिइओ उपेन्द्र पौडेल बताउँछन्।timthumb
उनले भने ‘मिस्ड कलको मार्फत्बाट हामीले सबै ग्राहकलाई आफ्नो सेवाको बारेमा जानकारी दिन पाएका छाँै, फोनमा कैयन ग्राहक छुट्ने संभावना थियो तर यसमा कसैलाई छुटाइदैन। मिस्ड कल दिने सबैलाई फोन गरिन्छ। ’
फोन पश्चात्, के कसरी ऋण लिने र कति प्रतिशत ब्याजदरमा ऋण पाइन्छ भनेर पनि बैंकले जानकारी गराउने गरेको छ। एनएमबि बैंकले अहिले ६.६६ प्रतिशतमा घर कर्जा उपलब्ध गराएको छ । बैंकले उपलब्ध गराएको ब्याजमा ऋण लिन चाहनेले बैंकलाई अहिले मिस्ड कल दिने गरेका छन्।
सिइओ पौडेलका अनुसार ६.६६ प्रतिशतमा घरकर्जा उपलब्ध गराएको करिब २ महिना हुन लागेको छ। मिस्ड कल मार्फत् आफ्ना ग्राहक समक्ष पुग्ने अवधारण पश्चात् घर कर्जा लिने ऋणीको संंख्या पनि बढेको पौडेल बताउँछन्। यसका साथै आफ्ना ग्राहकलाई मध्यनजर गर्दै गत दुई वर्षदेखि नै बैंकले कल सेन्टर सञ्चालन गरिरहेको छ।
बैंकले उपलब्ध गराएको नम्बरमा झन्डै दैनिक ५ सयदेखि ८ सय जनाले कर्जा लिन मिस्ड कल गर्ने गरेका छन्। मिस्ड कल आएका नम्बरमा बैंकले बिहान ९ बजेर ३० मिनेटदेखि बेलुका ५ बजेर ३० मिनेटसम्म फोन गर्छ। यसरी बैंकका कर्मचारीले फोन गरी मिस्ड कल दिने व्यक्तिलाई कहाँ कुन शाखामा गएर कोसंग कुरा गर्ने भन्ने जानकारी दिने गरको रिटेल बैकिङका म्यानेजर शुसेनलाल श्रेष्ठ बताउँछन्।
उनले भने ‘हामीलाई काठमाडौं भ्यालीभन्दा पूर्व तथा पश्चिमका मानिसहरुले मिस्ड कल दिने गरेका छन्, उनीहरुलाई हामीले कुन शाखामा गएर ऋण माग्ने र लोेकेसनको बारेमा पनि जानकारी दिने गरेका छौँ। ’
सेतोपाटीकर्मीले बिहीबार दिउँसो १ बजेर १४ मिनेट जाँदा मिस्ड कल गरेकोमा बैंकले ४ बजे फोन फर्काएको थियो। मिस्ड कल मोबाइल नम्बरमा गरिए पनि फिर्ता कल भने ल्यान्डलाइनबाट आउँछ।
बैंक ग्राहकको साथी जस्तै बन्न मिस्ड कल हान्ने व्यवस्था गरिएको श्रेष्ठ बताउँछन्। उनले भने ‘मिस्ड कल हान्ने भनेको साथीलाई हो, अब बैंक पनि ग्राहकको साथी जस्तै बन्न खोजेको छ । त्यसैले मिस्ड कल गर्ने साथीहरुलाई फोन गर्छ।’
अन्य बैंकको तुलनामा एनएमबिले सस्तो ब्याजदरमा घर कर्जा उपलब्ध गराउँदै आएको छ। अन्य बैंकले ७ देखि ९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराइरहेका छन्। तर एनएमबीले भने ६.६६ प्रतिशतमै घर कर्जा उपलब्ध गराएको छ जसको कारण पनि घर कर्जामा ग्राहकको बिशेष आकर्षण भएको सिइओ पौडेल बताउँछन्। श्रोत सेतो पाटि बाट 
- See more at: http://www.lightnepal.com/6947#sthash.jTrz2fmd.LXbZpXgt.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment