बढ्ने भो खतराको सङ्केत-अमेरिकासँग पनि झुकेन उत्तर कोरिया - See more at:

सोल– संयुक्त राष्ट्रसंघ र केही दिन अगाडि नै अमेरिकाले लगाएको कडा प्रतिबन्धपछि पनि उत्तर कोरियाले पुन मध्यम दूरीको ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ। दक्षिण कोरियाको योनहान संवाद समितिले सेनालाई उद्धृत गर्दै जनाए अनुसार सो मिसाइल मध्यम श्रेणीको हो । ८ सय किलोमिटरसम्म मार हान्न सक्ने जनाएको छ।
उत्तर कोरियाले यसअघि २०१४ मा मध्यम श्रेणीको मिसाइल परीक्षण गरेको थियो। गतहप्तामात्रै उत्तरले छोटो दूरीको मिसाइलको सफल परीक्षण गरेको थियो। सो परीक्षणपछि कोरियाली प्राय द्वीपमा तनाव बढेको छ। उत्तर कोरियाको परमाणु परीक्षणपछि अघिल्लो महिना संयुक्त राष्ट्रसंघले उत्तर कोरिया विरुद्ध नाकाबन्दी गरेको थियो भने गत हप्तामात्रै अमेरिकाले उत्तर कोरिया विरुद्ध नाकाबन्दी गरेको थियो।
अमेरिकी राष्ट्रपति बराक ओबामाले उत्तर कोरियको नेतृत्वलाई चुनौती दिँदै उत्तर विरुद्ध प्रतिबन्ध लगाएका थिए। जापानले उत्तर कोरियाको व्यालेस्टिक मिसाइल परीक्षणको निन्दा गर्दै सो कदमलाई भड्काउको संज्ञा दिएको छ। जापानी प्रधानमन्त्री जिन्सो आबेले संसदलाई सम्बोधन गर्दै उत्तर कोरियाको सो कदमको विरोध गरेका हुन्। दक्षिण कोरियाका अनुसार उत्तर कोरियाले सो मिसाइलको परीक्षण राजधानी प्योंगयाङको उत्तरमा गरेको थियो।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment