सामाजिक सञ्जालमा अपमानजनक शब्द प्रयोग नगर्न जुकरबर्गको आग्रह

फेसबुकका प्रमुख मार्क जुकरबर्गले सामाजिक सञ्जालमा आप्रवासीप्रति अपमानजनक शब्द प्रयोग गर्न छोड्नु पर्ने बताउनुभएको छ । जर्मनीको बर्लिनमा युवा विद्यार्थीसँगको अन्तर्क्रियाको क्रममा फेसबुकका प्रमुख जुकरबर्गले आप्रवासीप्रति सामाजिक सञ्जालमा प्रयोग हुने गरेका अपमानजन शब्दलाई कुल्चेर हिँड्नु पर्ने बताउनुभएको हो । आप्रवासी विरोधी सामग्री पोस्ट गर्न नदिएको भन्दै जर्मनीमा फेसबुकको आलोचना हुने गरेको छ ।
जर्मनीले फेसबुक, गुगल तथा ट्वीटरसँग कम्पनीको नीति भन्दा कानुनलाई पहिलो प्राथमिकता दिने विषयमा सम्झौता गर्ने प्रयास गरिरहेको छ । फेसबुकमा आप्रवासीसहित कुनै पनि वर्ग तथा सुदायप्रति नकारात्मक भावना राख्ने सामग्री पोस्ट गर्न नपाइने तर जर्मनीको कानुनका विषयमा भने केही सोच्चन सकिने जुकरबर्गले बताएका छन् । युरोपमा आप्रवासीको मात्रा बढ्दै गएपछि त्यस विरोधी भावना विकसित हुँदै गएको छ । तर फेसबुकले भने आफ्नो माध्यम यसका लागि प्रयोग गर्न नदिने बताउँदै आएको छ । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment