विश्वकै सबै भन्दा लामो विमान गोली लागेर प्वाल पर्दा पनि उड्छ

विश्वको सबैभन्दा लामो विमान परीक्षण उडानको तयारीमा छ । ‘एअरल्याण्डर–१०’ नाम दिइएको यो विमान ९२ मिटर लामो छ । अहिले उडानमा विश्वको अहिलेसम्मको सबैभन्दा लामो विमानको तुलनामा यसको लम्बाई १८ मिटर बढी छ । विमानको लम्बाई बढी भएपनि यसमा यात्रु संख्या भने कम हुनेछ । यो विमानमा ४८ जना यात्रु मात्र सवार हुन सक्ने छन् । ब्रिटेनको कार्डिङ्गटन, ब्रेडफर्डशायरमा रहेको  एअरलाइन ह्यांगरमा ९ वर्षदेखि यो विमान बनाउने काम भइरहेको थियो ।
निर्माण कार्य लगभग अन्तिम चरणमा पुगिसकेको र निर्माण कार्य पुरा भएसँगै यो विमानलाई ह्यांगरभित्रै हावामा उडाइने छ । यो विमान उड्नका लागि लामो रन–वे आवश्यक नपर्ने जनाइएको छ । हेलिकप्टर झैं यो विमान जमिनबाट सोझै माथि उड्न सक्ने भएकाले ह्यांंगरभित्रै यसको पहिलो परीक्षण उडान गर्न लागिएको हो । यो विमान निर्माणमा २५ मिलियन युरो खर्च भएको छ ।
यो विमानमा गोली लागेको अवस्थामा समेत त्यती ठूलो क्षति नहुने निर्माण पक्षको दाबी छ । गोली लागेर प्वाल परेको अवस्थामा समेत विमान उड्न सक्ने गरी निर्माण गरिएको बताइन्छ । २० हजार किलोग्राम वजनको यो विमान एक सय ४८ किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्छ । त्यसैगरी बर्फ, पानी, मरुभूमि लगायतमा पनि यो विमानलाई सजिलै अवतरण गराउन सकिने जनाइएको छ । सन् २०१८ सम्ममा यस प्रकारको १२ विमान तयार पार्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment