८८ वर्षपछि अमेरिकी राष्ट्रपति क्युवामा, सम्बन्धमा सुधार आउला त ?

काठमाडौं, ८ चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामा क्युवा भ्रमणका रहेका छन् । जसले दुई देशबीच रहेको भनिएको चिसो सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ ।
८८ वर्षदेखि अमेरिकी राष्ट्रपतिको क्युवा भ्रमण नभएका बेला ओबामा सपरिवारका साथ क्युवामा पुगेसँगै सम्बन्ध सुधारको संकेत देखा परेको बीबीबीले जनाएको छ । ऐतिहासिक मानिएको ओबामाको क्युवा भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।Obama
श्रीमती मिशेल, छोरीहरु साशा र मालिआसँगै ओबामा एयर फोर्स वान विमानबाट क्युवाको हवाना विमानस्थलमा ओर्लिएपछि उनलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ । ओबामाको स्वागतका लागि क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएज विमानस्थल पुगेका थिए ।
ओबामा विमानस्थलबाट ओर्लिँदा पानी परेको थियो । पानी परिरहेकाले ओबामाले आफैं छाता ओडेर मुस्कुराउँदै रेड कार्पेट पुगेका थिए । जसलाई सम्बन्ध सुधारको पर्याप्त संकेत मानिएको छ । आफ्ना समकक्षी राउल क्यास्ट्रोसँग भेटवार्ता गर्ने ओबामाले अवकाशको जीवन बितारहेका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोलसँग भने भेटवार्ता नहुने बताइएको छ ।
क्युवाका राष्ट्रपति राउल क्यास्ट्रोसँगको भेटवार्तामा ओबामाले व्यापार र राजनीतिक सुधार लगायतका मुद्दामा छलफल गर्नेछन् ।
- See more at: http://medianp.com/2016/03/82009.html#sthash.ENlOns0A.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment