|
काठमाडौं, ६ चैत । शनिबार केही समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मानिसको निकै खचाखच थियो । सुरक्षा पनि निकै कडा थियो । सरकारी उच्चपदस्थ अधिकारीका साथै सञ्चारकर्मीहरुको पनि बाक्लै उपस्थीति थियो । जसमा सर्वसाधारण त हुने नै भए ।
त्यतिकैमा सुरक्षा अधिकारीहरु सिट्ठी फुक्दै बाटो क्रमीक रुपमा खाली गर्न थाले । केही समय मौनता छायो । एकाएक स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही देखापरिन । तर त्यहाँ किन मानिसको भिड भन्नेमा सबै जानकार थिए ।
जब नेपाल भ्रमणमा आएका बेलायतका राजकुमार ह्यारीको राज्यमन्त्री शाहीले ले स्वागत गरिन । सबैका क्यामेरा, मोबाइल त्यतै फर्किए ।सुरक्षा निकायका अधिकारीहरुलाई किनै कष्ट भइरहेको थियो । तर नेपालका आएको निकै विशिष्ट पाहुना बेलायती राजकुमार ह्यारी निकै सामान्य रुपमा प्रस्तुत भए ।
बेलायतबाटै कडा सुरक्षाबीच नेपाल आएका ह्यारीलाई अंगरक्षकले गाडितर्फ इसारा गरेपछि उनले पत्रकारहरुलाई समाचार संकलन र फोटो खिच्न अप्ठ्यारो नपार्न भन्दै हपार्न समेत भ्याए । जुन निकै लोभलाग्दो दृश्य थियो । उनले सुरक्षाकर्मीलाईसमेत दृश्य र फोटो संकलनमा पत्रकारहरुलाई अप्ठ्यारो नपार्न सुझाव दिए ।
|
0 comments:
Post a Comment