रेखाको आँखा अनमोलतिर जाँदा भुवन केसीेलाई पीर नपर्ला त ?

काठमाडौं, चैत १५ – ड्रिम्स चलचित्रका चकलेटी अभिनेता अनमोल केसीले एक अन्तर्वातामा आफू रामप्यारी चलचित्रकी नायिका रेखा थापाको फ्यान भएको बताएका छन् । रेखा अरु भन्दा एक्स्ट्रा र बोल्ड भएको उनको तर्क छ ।
अनमोललाई नायिका रेखा थापा मन परेजस्तै रेखालाई पनि अनमोल प्यारो लाग्दो रहेछ । अनमोलले अभिनय गरेको चलचित्र जेरी र ड्रिम्स हेरेकी रेखा उनको अभिनयबाट प्रभावित छिन्  । रेखा भन्छिन्– नेपाली चलचित्रमा अनमोलको आगमनपछि राम्रो हिरोको उदय भएको छ । उसले चाह्यो भने वर्षमै ३०–४० वटा फिल्म खेल्न सक्छ, तर उसले जे पायो त्यही खेल्दैन । र म पनि चाहन्छु उसले जस्तो पायो त्यस्तै फिल्म नखेलोस् । उ सधैँ फ्रेस नायक बन्न सक्छ । बुवा भुवन केसी जस्तै उ पनि सुपरस्टार बन्न सक्छ ।
रेखाले बनाउने फिल्म र अनमोल केसीले खेलिरहेको फिल्मको बिषयबस्तु र प्रस्तुतिमा भने आकाश पातालको फरक छ । तैपनि रेखा र अनमोलका आ–आफ्नै खाले फ्यान भएका कारण दुवै आफ्ना धारमा सुपरहिट छन् । भनिन्छ, रेखा थापाको फिल्म चल्नुको कारणमध्ये रेखा नै एक फ्याक्टर हुन् । उनको ‘स्टारडम’ नै उनको फिल्म हिट हुनुको कारण हो । 
अनमोलको हकमा पनि यस्तै भैरहेको छ । रेखा जस्तै अनमोल खेलेका चलचित्र चल्नुको कारण पनि अनमोल नै हुन् । चलचित्र होस्टेलबाट अभिनेताका रुपमा डेब्यु गरेका अनमोलको पहिलो फिल्म नै हिट भएको थियो । हेमराज बिसीले यसैकारण उनलाई चलचित्र जेरीमा पनि दोहोर्याए । त्यस फिल्मबाट पनि उनले बिसीलाई निराश पारेनन् । फिल्म खुब चल्यो पनि । छोटो समयमै ‘स्टारडम’ बनाउन सफल अनमोल बिसीकै अर्को चलचित्र गाजलुमा पनि देखिनेछन् । उनको तेस्रो चलचित्र ड्रिम्सले त तीन हप्तामै ७ करोड रुपैंयाको व्यापार गरेर नेपाली चलचित्रले गर्ने आम्दानीको रेकर्ड नै तोडेको थियो ।
अनमोलले एक अन्तर्वार्तामा घुमाउरो पारामा रेखासँग पर्दा बाँड्न आपूु इच्छुक रहेको पनि बताएका थिए । आफू रेखाका लागि हिरो बन्न नसुहाउने भए पनि कुनै न कुनै पात्रका रुपमा उनीसँगै देखिने अनमोलको चाहना छ । नयाँ हिरोलाई ‘ब्रेक’ दिँदै आएकी रेखाले पनि अनमोलको चाहना किन पूरा नगरुन् । उनले भनिन् – ‘उसको डिमाण्ड जताततै छ । म पनि कुन पुरानो हिरोलाई फिल्ममा लिईरहेकी छु र ? फिल्मको स्टोरी मिल्यो भने उसलाई सुहाउने कथामा फिल्म बनाएँ भने उसैलाई लिन सक्छु । 
रेखा अनमोलको ‘स्टारडम’बाट मात्र नभई उनको ब्यक्तिगत बानी ब्यहोराबाट पनि प्रभावित छिन् । उनलाई अनमोलले मिडियालाई गर्ने सम्मान, अरुसँग गर्ने व्यवहार पनि मन पर्छ । रेखा भन्छिन्– भुवन केसीको रगत भएर पनि हुनसक्छ, अनमोलमा एउटा हिरोमा हुनुपर्ने सबै गुण पाउँछु । 
भुवन केसीले अभिनयमा मात्र होईन निर्माता र निर्देशकका रुपमा समेत आफूलाई अब्बल सावित गरि सकेका छन् । निर्देशकका रुपमा भुवनको ड्रिम्स डेब्यु सिनेमा हो । यही सिनेमाले उनलाई एक कुशल निर्देशकको रुपमा परिचित गरायो । 
रेखा थापा पनि १२ वर्षदेखि चलचित्रमा एकछत्र राज गर्दै आएकी छिन् । भुवन झै रेखाले पनि आफूलाई अभिनय, निर्माता र निर्देशनमा पनि अब्बल बनाई सकेकी छिन् । अहिलेका ‘हटकेक’ अभिनेता अनमोलतिर रेखाको आँखा जाँदा छोरालाई हिरो र सुपरहिट सिनेमा एकसाथ बनाएका भुवनलाई अप्ठ्यारो त नपर्ला नि !
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment