नयाँ आइफोनको मूल्य आधाले कम, विशेषता भने उस्तै


चैत ९ – एप्पलले सानो आकारको आइफोन र आइप्याड प्रो चाँडै नै बजारमा ल्याउने घोषणा गरेको छ । अमेरिकाको सन फ्रान्सिस्कोमा भएको एक विशेष कार्यक्रमका बिच एप्पलले सानो आकारको आइफोन एसइ र आप्याड प्रो चाँडै बजारमा ल्याउने घोषणा गरेको हो । सानो आकारको आइफोन एसइको प्रोसेसिङ र ग्राफिक्स परफमेन्स आइफोन सिक्स एसको जस्तै हुने एप्पलले दाबी गरेको छ । आइफोन एसइले फोर के भिडियो खिच्न सक्ने छ । आइफोन एसइमा चार इन्चको स्क्रिन रहने छ । सिक्स एसमा ४ दशमलव ७ इन्चको स्क्रिन छ । आइप्याड प्रोमा ९ दशमलव ७ इन्चको स्क्रिन रहने छ । जुन आइप्याडको जस्तै हो । आइफोन एसइ आउँदो मे महिनाको अन्तिमसम्ममा एक सय १० देशमा उपलब्ध हुनेछ ।

यो आइफोन दुई फरक स्टोरेज क्षमतामा उपलब्ध हुनेछ । १६ जिबी स्टोरेज भएको आइफोनको मूल्य तीन सय ९९ अमेरिकी डलर (४३ हजार नेपाली रुपैयाँ) तथा ६४ जिबी स्टोरेज भएको आइफोनको मूल्य चार सय ९९ अमेरिकी डलर (झण्डै ५४ हजार नेपाली रुपैयाँ) रहने छ । आइफोन सिक्स एसको मूल्य ८१ हजार नेपाली रुपैयाँबाट सुरु हुन्छ ।

आइफोन एसइका महत्वपूर्ण विशेषता

  • ४ इन्चको स्क्रिन
  • एक  सय १३ ग्राम तौल
  • १२ मेगा पिक्सलको क्यामरा
  • आइओएस ९.३ अपरेटिङ सिस्टम
  • १६/६४ जिबीको इनटरनल स्टोरेज क्यापासिटी
  • टु जी र थ्री जी मा दुइ सय ४० घण्टासम्म एक पटक चार्ज गरेपछि अन  रहने 
  • थ्री जीमा १४ घण्टासम्मको टक टाइम
  • एक पटक चार्ज गरेपछि ५० घण्टासम्म संगीत सुन्न सकिने
  • स्पेस ग्रे, सिल्भर, गोल्ड र रोज गोल्ड कलरमा उपलब्ध
यस्तै नयाँ आइप्याड प्रो तीन फरक फरक स्टोरेज क्षमतामा उपलब्ध हुनेछ । यसलाई दुई सय ५६ जिबीसम्म बढाउन सकिनेछ । यसको मूल्य पाँच सय ९९ अमेरिकी डलर (६४ हजार नेपाली रुपैयाँ)  पर्ने छ । 

विशेषता

  • ३२, १२८ र २५६ जिबीको स्टोरेज
  • ४ जिबीको र्‍याम
  • १२ मेगा पिक्सलको क्यामरा
  • १० घण्टासम्मको मल्टिमिडिया टक टाइम
  • स्पेस ग्रे, सिल्भर, गोल्ड र रोज गोल्ड कलरमा उपलब्ध 

– एजेन्सीको सहयोगमा 

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment