बिजुली नचाहिने अन्डरग्राउण्ड फ्रिज

नेदरल्याण्डका एक डिजाइनरले जमिनमुनि राखिने (अन्डरग्राउण्ड) फ्रिज बनाएकी छन् । नेदरल्याण्डकी डिजाइनर फ्लोरिस स्कोनडर्बिकले अन्डरग्राउण्ड फ्रिज बनाएकी हुन् । यो फ्रिजका लागि बिजुलीको चाहिँदैन । डच ब्राण्ड वेलटेभिरीका लागि अन्डरग्राउण्ड फ्रिज बनाएकी हुन् । यस्तो फ्रिज नयाँ घर बनाउने बेलामानै घरको आफूलाई जान सजिलो हुने ठाउँमा बनाउन सकिने छ । यसबाट बिजुली नभएपनि खाद्यान्न तथा अरु आवश्यक सामग्री सुरक्षित रुपमा राख्न सकिनेछ । यस्तो फ्रिजमा भित्रै सानो आकारको करेसाबारी पनि बनाउन सकिनेछ । यस्तै यहाँ तरकारी, फलफूल तथा पेय पदार्थ सुरक्षित तथा चिसो बनाइ राख्न पनि सकिनेछ । यो फ्रिजमा जमिनको इन्सुलेशन इफेक्ट र जमिनमुनिको पानीको कुलिङ इफेक्टले काम गर्नेछ । यो फ्रिजको तापक्रक एक वर्षसम्म १० देखि १२ डिग्री सेल्सियससम्म कायम रहेने छ । यो तापक्रममा फलफूल, तरकारी, पेय पदार्थ तथा चिज सुरक्षित रहन्छ । यस्तो फ्रिज जमिनमुनि सुरुङ जस्तो बनाएर बनाउन सकिन्छ । फ्रिज बनाउन निर्माण गरिएको सुरुङको माथिल्लो भाग जमिनको सतहबाट कम्तिमा एक मिटर तल हुनुपर्छ । यसले गर्दा फ्रिजको तापक्रम व्यवस्थापनमा सहयोग हुन्छ । यस्तो फ्रिज जुन कुनै किसिमको माटो भएको ठाउँमा पनि बनाउन सकिनेछ । यस्तो फ्रिजमा सामान राख्नका लागि काठको र्‍याक प्रयोग गरिन्छ । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment