एप्पलको सहयोग बिनानै एफबिआइले आक्रणकारीको आइफोन अनलक गर्‍यो

चैत १६ – अमेरिकाको फेडरल ब्युरो अफ इनभेस्टिगेशन एफबिआइले सान बर्नाडिनो गोलिकाण्डका आक्रमणकारीको आइफोन अनलक गरेको छ । एफबिआईले आइफोन निर्माता एप्पलको सहयोग बिनानै सान बर्नाडिनो गोलिकाण्डका आक्रमणकारी रिवाज फारुकको आइफोन अनलक गरेको हो । एप्पलले रिवाजको आइफोन अनलक गर्न मानेको थिएन । एफबिआईले अनलकको माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।
एप्पलको सहयोग बिनानै रिवाजको आइफोन अनलक गरेपछि अदालती प्रक्रिया पनि अन्त्य भएको अमेरिकाको न्याय विभागले जनाएको छ । रिवाज र उनकी श्रीमती तस्फिन मलिकले गएको डिसेम्बर दुईमा सान बर्नाडिनोमा अन्धाधुन्ध गोली प्रहार गरी १४ जनाको हत्या गरेका थिए । दुवै प्रहरीको कारबाहीमा मारिएका थिए ।
गएको हप्ता एफबिआईका अधिकारीले एप्पलको सहयोग बिनानै आक्रमणकारीको आइफोन अनलक गर्न सम्भव देखिएको बताएका थिए ।

– एजेन्सीको सहयोगमा

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment