सामसुङ ग्यालेक्सी एस सेभेन र एस सेभेन एज नेपाली बजारमा, के के छन् विशेषता

काठमाडौं, फागुन २६ – सामसुङको ग्यालेक्सी एस सेभेन र ग्यालेक्सी एस सेभेन एज मोवाइल नेपाली बजारमा ल्याइएको छ । 
काठमाडौंको ह्यात होटलमा कार्यक्रम गरि दुई डिजाइनका फोनको बिक्री खुला गरिएको हो । कलाकार निशा अधिकारी, निश्चल बस्नेत, एड्रिन प्रधान तथा फुटबलर बालगोपाल महर्जन र नवयुग श्रेष्ठले ग्यालेक्सी एस सेभेन र ग्यालेक्सी एस सेभेन एज सार्वजनिक गर्नुभयो ।
ग्यालेक्सी एस सेभेन एजको मूल्य ८८ हजार नौ सय रुपैयाँ र सामसुङ एस सेभेनको ७७ हजार नौ सय रुपैयाँ रहेको छ । तर भोलि बिहीबारसम्म बुकिङ गर्नेको लागि २० हजार रुपैयाँ बराबरको छालाको झोला वा १३ हजार रुपैयाँ बराबरको सामसुङ गियर घडि उपहार दिइने सामसुङले जनाएको छ । 

के के छन् त नयाँ विशेषता ? 

ग्यालेक्सी एस सेभेन र एस सेभन एजमा माइक्रोएसडी कार्ड लाग्छ । यसबाट दुई सय जिबीसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ । 
यी फोनका ब्याट्रीको क्षमता पनि यसअघिका फोनको भन्दा धेरै छ । एक पटक पूरा चार्ज गरेपछि एस सेभेनमा १५ घण्टासम्म उच्च गुणस्तरको भिडियो हेर्न सकिन्छ । यसमा आइपी ६८ वाटर रेजिस्टेन्स रेटिङ छ । यसले गर्दा आधा घण्टासम्म फोन पानीमा डुबेपनि सुरक्षित रहन्छ । 
यसमा एक अलवेज अन डिस्प्ले फङसन छ । जसका कारण स्क्रिन अनलक नगरिकन नोटिफिकेशन र समय हेर्न मिल्छ । यी दुई नयाँ स्मार्टफोनमा नयाँ गेमिङ प्रविधि तथा रियर क्यामरा छ । यसले कम प्रकाश भएको ठाउँमा पनि राम्रो काम गर्ने छ । यसमा एस सिक्स सिरिजमा जस्तै वायरलेस चार्जिङ सुविधा पनि छ ।  
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment