म्यानपावर विरुद्ध ओर्लिए आप्रवासी कामदार

म्यानपावर विरुद्ध ओर्लिए आप्रवासी कामदारअशोक कुमार साह । 
सप्तरी, चैत १५ – म्यानपावर कम्पनीले काम ठप्प गरेको विरोधमा स्थानीयबासिन्दले सप्तरीमा प्रदर्शन गरेका छन् । आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको अगुवाइमा सडकमा आएका स्थानीयबासिन्दाले ठगी गर्ने म्यानपावरलाई कारवाही गर्न माग गरेका छन् ।
प्रहरीले म्यानपावरमाथि गरेको कारवाही ठिक भएको भन्दै फ्रि भिसा फ्रि टिकट कार्यन्वयन गर्न सरकारसँग माग गरेका छन् । राजविराजमा भेला भएका स्थानीयबासिन्दाले नगरका विभिन्न ठाउँमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
यस्तै उचित काम गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पनि उनीहरुले धन्यवाद पत्र बुझाएका छन् । वैदेशिक रोजगारीबाट फर्किएका कामदार आप्रवासी कामदार हकहित संरक्षण केन्द्रमा आवद्ध छन् । 
यस्तै रामेछापमा पनि आप्रवासी कामदार हकहित संरक्षण समिति रामेछापले फ्रि भिसा फ्रि टिकटको व्यवस्था व्यावहारिक रुपमै कार्यन्वयन गर्न माग गरेको छ । आज प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल मार्फत ज्ञापनपत्र बुझाएर समितिले सरकारलाई निर्णय कार्यान्वयन गर्न दवाव दिएको हो ।
ज्ञापनपत्रमा निर्णयको विरोधमा म्यानपावर बन्द गर्दा विदेश जानेहरु प्रभावित भएको भन्दै समस्याको समाधान गर्न, खाडीका देशमा नेपालीले दुःख पाइरहेको र मलेसिया बन्द भएकाले नयाँ गन्तव्यको पहिचान गर्न माग गरिएको छ ।
व्यावसाय बन्द गर्ने व्यावसायीको प्रभावमा परेर पछि नहट्न सरकारलाई आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment