काठमाडौंमा विश्व काष्ठ सम्मेलन : देखाए विभिन्न मुलुकले परम्परागत नृत्य (भिडियो सहित)

काठमाडौं, ८ चैत । विश्व काष्ठ दिवसको अवसरमा सोमबारबाट नेपालको राजधानी काठमाडौंमा विश्व काष्ठ सम्मेलन सुरु भएको छ । काठलाई पर्यावरणमैत्री, नवीकरणीय जैविक पदार्थका रुपमा सचेतना फैलाउने उद्देश्यले सुरु भएको विश्व काष्ठ दिवस र सम्मेलन सोमबारबाट काठमाडौंमा सुरु भएको हो ।
सन् २०१३ मा तान्जेनियामा पहिलो पटक काष्ठ दिवस मनाइएको थियो भने यस वर्ष नेपालमा मनाइएको हो । ‘प्रकृति र संस्कृती’ विषयमा केन्द्रित रहेर मनाइरहेको उक्त सम्मेलनमा रुस, इन्डोनेसिया, काजिकिस्तान, चिन, मंगोलिया, ग्रिस, इटाली, भुटान, जापान, स्वीडेन लगायतका एक सय देशका सम्वद्ध विशेषज्ञलगायत गरी करिब ३ सय ५० भन्दा बढी सहभागी भएको आयोजक नेपाल सरकार वन मन्त्रालयले जनाएको छ ।
मन्त्रालय, अन्तर्राष्ट्रिय काष्ठ संस्कृति समाजको आयोजनामा भइरहेको सो सम्मेलनको संयोजन अन्तर्राष्ट्रिय प्रकृति संघ (आईयुसिएन) ले गरिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सो सम्मेलनमा सहभागी विभिन्न मुलुकले आफ्नो संस्कृति र परम्परा झल्कने नृत्य प्रस्तुत गरेका थिए ।
एक सातासम्म चल्ने सो सम्मेलनमा काष्ठसम्वन्धि कार्यशाला, काष्ठकला क्रियाकलाप, लोककला कार्यशाला, बाल कार्यक्रम, सांगितिक कार्यक्रम, वृक्षरोपणलगायत हुनेछ । काष्ठबाट बनाईएका बाद्यबाधकको प्रदर्शनसहित विश्वका विभिन्न मुलुकका कलाकारले एकल र सामुहिक सांगीतिक कार्यक्रम प्रस्तुत गरेका छन् । सम्मेलनमा प्रकृति र संस्कृतिको अन्तरसम्बन्धलाई प्रष्ट्याउन काष्ठसंग सम्वन्धित अनुसन्धान, ज्ञान र बुझाई आदान प्रदान हुनेछ ।
- See more at: http://medianp.com/2016/03/82019.html#sthash.ueE18H5t.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment