एउटा यस्तो गाउँ जहाँ पुरुषले होली खेल्न पाउँदैनन्

काठमाडौँ । भारतको उत्तर प्रदेशमा एउटा यस्तो गाउँ छ जहाँ होली खेल्न समेत पाइदैन । उत्तर प्रदेशको बुंदेलखंड क्षेत्रको हमीरपुर जनपदको कुंडरा गाउँका पुरुषलाई होली खेल्न निषेध गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रमाइलो कुरा त के छ भने उक्त गाउँमा होलीको दिनमा पुगेका पुरुषहरु मज्जाले रंगमा रंगीइरहँदा उक्त गाउँका पुरुषहरुले मात्र रंग खेल्न पाउँदैनन् ।
holi
उक्त दिन सो गाउँका महिलाहरुलाई केही काम नै गर्न पर्दैन तर पुरुषहरु हलो, कुटो र कोदालो लिएर खेतमा काम गर्न जाने प्रचलन छ । उक्त दिन गाउँका सबै महिला रामजानकी मंदिरमा जम्मा भएर फागुसँग सम्बन्धित गीत संगीतमा झुम्दै गरेको भेटीन्छन् । सोही गाउँका दिलावर सिंह, रामदीन मेश्राम र विवेक ठाकुरले बताए अनुसार केही दशक पहिले होली को दिन गाउँको रामजानकी मंदिरमा फागु गाइरहेका बेला गोलाबारी गरेर हत्या गरेपछि धेरै समय होली मनाइएको थिएन । एजेन्सीको सहयोगमा
- See more at: http://medianp.com/2016/03/81908.html#sthash.hx0dWfKH.dpuf
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment