पाकिस्तानी तालिबानबाट फुटेको समुहले लियो लाहोर बिस्फाेटनकाे जिम्मेवारी

चैत्र १५, २०७२- पाकिस्तानमा आतंकवादी गतिविदि गर्न सकृय तालिबानबाट फुटेको एक समुहले आइतबार साँझ लाहोरमा भएको बम बिस्फोटनको जिम्मा लिएको छ । उक्त बिस्फोटनमा परि ७० भन्दा बढीको मृत्यु भइसकेको छ भने मर्नेको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले दाबि गरिरहेका छन् ।

तालिबानी समुह जमात–उल–अर्ररले उक्त आक्रमणको जिम्मा लिँदै सो बिस्फोटन इस्टर मनाइरहेका इसाईलाई लक्षित गरेर भएको बताएका छन् ।

लाहोरमा भएको बिस्फोटनमा परि ३०० भन्दा बढी घाइते भएका छन् । बिस्फोटनको निन्दा गर्दै पाकिस्तानका राष्ट्रपति मम्नुन हुसैनले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

बालबालिका खेल्ने पार्क गुल्सन–ए–इकबाल नजिक भएको उक्त बिस्फोटनमा परि हताहत हुनेमा बालबालिकाको संख्या अधिक सुरक्षा निकायहरूले बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले राजनीतिक गढ मानिने लाहोरमा पाकिस्तानका अन्य सहरमा भन्दा निकै कम आतंकवादी हमला तथा बिस्फोटन भएका छन् । 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment