सनी लियोनीसँग आइटम डान्स गर्दै शाहरुख

चैत्र १५, २०७२- पोर्नस्टारबाट बलिउड स्टार बनेकी सन्नी लियोनीले सुपरस्टार शाहरुख खानको फिल्ममा आइटम डान्स गर्ने भएकी छन् । राहुल ढालकियाले निर्देशन गरेको शाहरुखको फिल्म ‘रइस’मा सन्नी शाहरुखसँगै आइटम गीतमा देखिने भएकी हुन् ।

फिरोज खानको फिल्म ‘कुर्बानी’को 'लैला ओ लैला...' बोलको गीतको रिमिक्स भर्सनमा शाहरुख र सन्नीको गीत सुटिङ भइरहेको बताइएको छ । गीतको रिमिक्स भर्सन संगीतकरा राम सम्पतले तयार पारेका हुन् तर यसमा स्वर कसको रहनेछ भन्ने तय भइसकेको छैन ।

रइसमा शाहरुखका साथ नवाजुद्दिन सिद्दकी पनि मुख्य भूमिकामा देखिदैछन् । रइसभन्दा पहिले शाहरुखको ‘फ्यान’ प्रदर्शनमा आउँदैछ । सन्नीले भने साना बजेटका फिल्ममा राम्रो उपस्थिति जनाए पनि ठूलो ब्यानर र स्टारसँग उनी पहिलोपटक देखिन लागेकी हुन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment