आउँदो एसएलसीमा यसरी हुनेछ नम्बरको ग्रेडिङ, जिल्लाहरुमा १८ समूहले अनुगमन गर्ने (भिडियो सहित)

काठमाडौं, १५ चैत । आउँदो बिहीबारबाट सुरु हुने यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक विष्णु काफ्ले जनाएका छन् ।
परीक्षाको तयारी र सञ्चालनका बारेमा जानकारी दिन सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आउँदो बिहीबार बिहान ८ बजेबाट सुरु हुने परीक्षा साधारण तर्फको चैत २६ गते सम्म र प्राविधिक तर्फको चैत २९ गते सम्म सञ्चालन हुने जानकारी दिए ।
६ लाख १५ हजार ५ सय ५३ जना परीक्षार्थीले सहभागिता जनाउने सो परीक्षामा नियमित तर्फ ४ लाख ५२ हजार ८ सय ८१ जनाले सहभागिता जनाउने छन् । जसमा २ लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा २ लाख २५ हजार ३ सय ४६ जना छात्र रहेका छन् ।
यस्तै एक्जाम्टेड तर्फ १ लाख ५९ हजार ४ सय १७ जना परीक्षार्थी सहभागी हुँदैछन् । जसमा ९७ हजार ३६ जना छात्रा र ६२ हजार ३ सय ८१ जना छात्र रहेका छन् ।
यसैगरी प्राविधिक तर्फ ३ हजार २ सय ५५ जना परीक्षार्थीमा १ हजार २ सय ७३ जना छात्रा र १ हजार ९ सय ८२ जना छात्रले सहभागिता जनाउने नियन्त्रक काफ्लेले जानकारी दिए ।
यस वर्षको एसएलसी परीक्षामा १ हजार ९ सय ४३ जना केन्द्राध्यक्ष, २ हजार ९ सय ७८ सहायक केन्द्राध्यक्ष, २५ हजार ५ सय २५ जना निरीक्षक, १३ हजार २ सय ७४ जना कार्यालय सहयोगी र २९ हजार १ सय ४५ जना सुरक्षाकर्मी सहित ७२ हजार ८ सय ९६ हजार जना जनशक्ति परिचालन हुने नियन्त्रक काफ्लेले बताए ।
अपाङ्ग परीक्षार्थीका लागि तोकिएको समय भन्द्या बढी एक घण्टा थप समयको व्यवस्था गरिएको पनि उनले बताए ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment