६२ हजार रुपैयाँमा बिक्यो एउटा कागतीको गेडा

एउटा कागतीको गेडालाई कति पर्ला ? बढिमा ५।१० रुपैयाँसम्म । ५०-६० हजारमा त गाउँघरतिर लटरम्म फलेका २-३ वटा कागतीका बोट नै खरीद गर्न पाइएला ।
तर भारतमा भने कागतीको बोट होइन कागतीको एउटा गेडा नै ६२ हजार रुपैयाँमा बिकेको छ ।
भारतको तमिलनाडुस्थित बेलमपुर जिल्लामा एउटा कागती ३९ हजार भारुमा लिलाम भएको हो । स्थानीय पंगुनी उथिराम नामको एक पर्वका अवसरमा भगवानको भालामा रोपिएको उक्त कागतीको गेडा यति महंगो तथा अपत्यारिलो मूल्यमा लिलाम भएको हो ।
हरेक वर्ष हुने उक्त ११ दिने उत्सवको अन्तिम दिन भगवान मुुरुगनको भालामा लटकाइएको फलफुलको लिलामी गरिन्छ । यस्तो फल जसले किन्दछ उसलाई सम्वृद्धि प्राप्त हुन्छ र सन्तान नभएकाहरुलाई सन्तान लाभ पनि प्राप्त हुन्छ भन्ने मान्यता छ ।
जयरामन तथा अमरावती दम्पत्तिले यो कागती खरीद गरेका छन् । यो कागतीसँगै अन्य आठवटा कागती पनि लिलाम भएका छन् । सबै ९ कागती मिलाएर ५७ हजार ७ सय ७२ भारु मूल्य परेको बताइएको छ ।kagati
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment