परपुरुष सँग सम्भोग गरेको आरोपमा सडकमै यसरी हानियो कोर्रा -

मुस्लिमहरुको सरिया कानून भन्ने वित्तिकै निकै कडा तथा नृसंस कानून मानिन्छ । विश्वमा सबैभन्दा धेरै मुस्लिमहरुको जनसंख्या रहेको इण्डोनेसियाको एउटा प्रान्तमा यो कानून अद्यापि प्रचलनमा रहेको छ ।
इण्डोनेसियाको बन्द आचेह प्रान्तमा सरिया कानून उल्लंघन गरेको आरोपमा हालै एक महिलालाई सार्वजनिक स्थलमा नृसंसतापूर्वक कोर्रा हानेर ढालिएको घटना सार्वजनिक भएको छ ।
पुरपुरुषसँग यौन सम्बन्ध कायम गरेको आरोपमा ती महिलालाई सार्वजनिक स्थानमा ल्याएर ढाडमा कोर्राले हिर्काइएको हो । कोर्राको पीडाका कारण महिला ठाउँमै ढलिन् र उनलाई स्ट्रेचरमा राखेर अस्पताल कुँदाउनु परेको छ ।
सार्वजनिक तस्वीर अनुसार दुइजना गार्डहरुले सेतो कपडामा रहेकी ती महिलालाई रमितेहरुको अगाडि घुँडा टेकाएका छन् र ती मध्ये एक जनाले कोर्राले हिर्काएका छन् ।
लगातार कोर्राले हिर्काउँदा ती महिला पीडाले रोएको तथा टाउको छोपेको लुगा टोकेको देखिन्छ । अन्ततः उनी पीडा खप्न नसकेर त्यहीँ बेहोस भएर ढल्छिन् र मानिसहरुले उनलाई स्ट्रेचरमा हालेर उपचारका लागि लैजान थालेको देखिन्छ ।
ती महिला मात्र होइन एकजना अर्का पुरुषलाई पनि यस्तै गरी कोर्राले हिर्काइएको छ । उनीमाथि परस्त्रीसँग यौन सम्बन्ध कायम गरेको अभियोग लगाइएको छ । त्यस्तै वैशाखी टेकेर उभिएको अर्को एक पुरुषमाथि पनि यस्तै गरी कोर्रा बर्साइएको तस्वीर सार्वजनिक भएको छ ।
स्मरण रहोस् गत महिना आचेहमा स्थानीय सरकारले भ्यालेन्टाइन डे मनाउन रोक लगाएको थियो । त्यस्तै त्यहाँ महिलाहरुलाई आफ्नो श्रीमान वा घरको पुरुष सदस्य विना रातको ११ बजेपछि कुनै मनोरन्जन स्थलमा जान पनि रोक लगाइएको छ । त्यस्तै महिलाहरुलाई मोटरसाइकल चढ्न पनि रोक लगाइएको छ ।korra2
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment