|
नेपालगन्ज: इन्धनमा भइरहेको कालोबजारी नियन्त्रण गर्न नसकेको भन्दै पुनरावेदन अदालत नेपालगन्जमा बाँकेका प्रमुख जिल्ला अधिकारी र आयल निगम प्रमुख लगायतका सरकारी अधिकारी माथि बिहीबार मुद्दा दर्ता भएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकास लेखक, नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख श्रीचन्द्र श्रेष्ठ र बाणिज्य कार्यालय, नेपालगन्जलाई विपक्षी बनाई इन्धनको अभाव, कृतिम अभाव र कालोबजारी नियन्त्रण गर्न रिट निवेदन दर्ता गरिएको हो ।
अधिवक्ताहरु लोक बहादुर शाह , सुनिलकुमार श्रेष्ठ, बिश्वजित तिवारी, बलबहादुर चन्द र खिमराज गिरिले कालोबाजरी नियन्त्रण गर्न माग गर्दै मुद्दा दायर गरेका हुन ।
रिट निवेदनमा पेट्रोलियम तथा ग्यास आपुर्तिलाई सहज सरल र पारदर्शी ढंगले न्यायोचित बितरण गरी कालोबजारीलाई नियन्त्रण गर्न माग गरिएको छ ।
कालबाजरी भइरहदा समेत नियन्त्रणको प्रभावकारी अनुमगन समेत गर्न नसकेको रिट निवेदनमा उल्लेख गरिएको छ ।
नाकाबन्दीको कारण देखाउदै कृतिम अभाव पेट्रोल, डिजल, मट्टितेल तथा ग्याससमेत आफूखुशी गैरकानूनी रुपमा बढी मूल्यमा खुलेआम खरिद–बिक्री भईरहेको रिट निवेदनमा उल्लेख गरिएको छ ।
अभावका कारण सर्वसाधारणको जनजीवन कष्टपूर्ण बनेका बेला बाँकेका अधिकारीहरुले पहुँचवाला र नजिकका व्यक्तिलाई मनपरी इन्धन वितरण गरिएको गुनासो सर्वसाधारणले गरेका छन् ।
पुनरावेदन अदालतका मुख्य न्यायधिसको एकल इजालसले समाजिक सरोकारको विषय भएको अनुमति प्रदान गरेका छन ।
सो मुद्दाको तर्फवाट अधिवक्ता केवलसिंह थारु, उदयराज वर्मा र विश्वजीत तिवारीेले बहस गरेका थिए । शुक्रबार मुद्दाको बारे घनिभुत बहस भई सुनुवाई हुने अभिवक्ता तिवारीले बताए
|
0 comments:
Post a Comment