|
मधेश समस्या समाधानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको छ ।
मधेसी मोर्चासहितको त्रिपक्षीय वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएपछि थप तयारीका साथ छिट्टै अर्को बैठक डाकिने बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक मधेसी मोर्चासँगको वार्तामा बसेका थिए ।
ओलीले निर्णायक छलफल गर्ने भनेर बोलाएको त्रिपक्षीय बैठकमा कांग्रेस, सत्तारुढ दल तथा मधेसी मोर्चाका नेताहरु सहभागी थिए ।
वार्तामा प्रमुख विपक्षी कांग्रेसका सभापति सुशील कोइरालासहितका नेताहरु, सत्तारुढ दलहरुको तर्फबाट प्रधानमन्त्री ओलीका साथै एमाओवादी अध्यक्ष प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसहितका नेताहरु सहभागी भएका थिए ।
मधेसी मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरु उपस्थित भएको थिए ।
|
0 comments:
Post a Comment