|
काठमाडौ: भारतले नेपालमाथि नाकाबन्दी जारी राखेकै बेला भारतीय राज्य बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको संबन्ध बिगारेको बताएका छन् ।
भारतका पूर्व केन्द्रिय रेलमन्त्रीसमेत रहेका यादवले सोमबार साँझ ट्विट गर्दै मोदीको पछिल्लो नेपाल नीतिको तिखो शब्दमा बिरोध गरेका हुन् ।
भारतका पूर्व केन्द्रिय रेलमन्त्रीसमेत रहेका यादवले सोमबार साँझ ट्विट गर्दै मोदीको पछिल्लो नेपाल नीतिको तिखो शब्दमा बिरोध गरेका हुन् ।
नेपाल जिससे युगों-युगों से हमारा रोटी-बेटी का संबंध था उससे संबंध बिगाड़ लिए. अब चीन वहाँ घुस रहा है, और जनाब "World Tour" पर है..1/2
— Lalu Prasad Yadav (@laluprasadrjd) November 30, 2015
‘बडो तामझामका साथ उनी नेपाल भ्रमणमा गए । तर भारतको नेपाल संबन्ध नै बिग्रन गयो । अरु बाँकी विश्वका मुलुकसँगको सम्बन्ध के होला ?’ उनले मोदीलाई प्रश्न गर्दै भनेका छन् ।
बिहारस्थित राष्ट्रिय जनता दलका अध्यक्ष रहेका यादवले नेपालसँय युगौ युग देखिको भारतको रोटी–बेटीको सम्बन्ध मोदीले बिगारेको बताएका छन् ।
बड़े ताम-झाम से नेपाल गए थे, रिश्ता ही बिगाड़ लिया। बाकी देशों के साथ क्या होगा ?
— Lalu Prasad Yadav (@laluprasadrjd) November 30, 2015
‘नेपाल जोसँग युगौंयुगदेखि रोटी–बेटीको सम्बन्ध बिगारे’, लालुले मोदीलाई लक्षित गर्दै ट्विटमा भनेका छन्, ‘नेपालमा चीन घुसिरहेका बेला उनी भने विश्व भ्रमणमा छन् ।’
एक महिनाअघि भएको विहार विधानसभामा लालु–नीतिश–कांग्रेस गठबन्धनले मोदीको भाजपालाई घुँडा टेकाउँदै प्रचण्ड बहुमत हासिल गरेको थियो ।
नेपालसँग तराईको लामो भूगोल जोडिएको बिहारको सबैभन्दा ठूलो राष्ट्रिय जनता दलका नेता यादवले नेपालबारे दिएको प्रतिक्रियालाई भारतमा अर्थपूर्णरुपमा लिइएको छ ।
|
0 comments:
Post a Comment